
Unsku
Lnp
Rgp1
pku
Sgr
Pbu
Rgp
Srbpu
Ggp

Bbbpu
Bbu
Ksm
Ggd
Hal
Asm
Rgu
Ssm
Rgs
Gst
nsb
Rsb
Wsp
Sbs
Rgu
Vor
Sls
Pvg
Tsm

Jmb
Ptm
Abd
Bml
Syp
sab
Gsb
Pls
Jmb
Rpp
Rmb
bbt
Mks
दाङ । देउखुरीको लमहीमा शुक्रबारदेखि दोस्रो कृषि, पर्यटन, उद्योग तथा व्यापारीक महोत्सव २०८० सुरु भएको छ ।
लमही चेम्बर अफ कमर्शका अध्यक्ष तथा महोत्सव व्यवस्थापन समितिका संयोजक सितल भुसालको अध्यक्षता एवं चेम्बर अफ कमर्श दाङ जिल्लाका अध्यक्ष बिकास अग्रवालको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि अग्रवालले देउखुरीको मुटु लुम्बिनी प्रदेश राजधानी रहेको क्षेत्र लमही ब्यापार उद्योगदेखि कृषिका पर्बल सम्भावना रहेकोले यसको प्रबर्द्धनका लागि महोत्सवले टेवा पुराउने बताएउनु भयो ।
त्यस्तै पछिल्लो समयमा बढ्दो बिदेश युवा पलायन रोक्न रोजगार बढाउन कृषि र उधोग बढाउन आबश्य रहेको बताउनु भयो । उहाँले प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले २ लाख युवालाई रोजगार दिने गरि प्रदेश सरकारले कार्यक्रम ल्याएकोमा प्रशंसा गर्दै कार्यान्यनको माग समेत गर्नु भयो ।
अहिले ब्यापारमा तरता छ,अर्को बैंकमा पैसा थुप्रो लागेको अबस्था छ । बैंकहरुको चर्को ब्यजदर र अनेक बहाना दुख्ख दिने काम भएको छ, बैंक आतंक बन्द गरि सुलभ कर्जा पाए फेरि आर्थिक चलमायन हुन्छ उहाँले भन्नु भयो । महोत्सवले देउखुरीमा उत्पादन भएका रैथाने कृषि उत्पादन, यहाँका धार्मिक तथा पर्यटकिय,थारु कल्चर प्रचारप्रसारमा सहयोग पुग्ने बताउनु भयो ।
चेम्बर अफ कमर्शका उपाध्यक्ष शशिराम नेपालीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा विभिन्न राजनीति दलका प्रतिनिधि,संघ सस्थाहरुका प्रतिनिधिहरुको बाक्लो सहभागीता रहेकोथियो । विभिन्न भेष भुषा सहित झाकी समेत निकालिएको थियो ।
लमही नगरपालिका वडा नम्बर ५ मा अबस्थित जैविक बिबिधता ग्रीन पार्क परिसरमा माघ ५ गतेदेखि १७ गतेसम्म संचालन रहने महोत्सवको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो,तर रास्ट्रिय सभाको निर्वाचन आचारसंहिता लागेपछि चेम्बर अफ कमर्शका दाङ जिल्ला अध्यक्ष अग्रवालले उद्घाटन गर्नु भएको उक्त कार्यक्रमको संचालन चेम्बर अफ कमर्सका महासचिव केशव अधिकार र संचारकर्मी लिला शाहले गर्नु भएको थियो ।
त्यस्तै महोत्सवमा कृषि, पर्यटन, उद्योग, व्यापार लगायत क्षेत्रका १ सय ५० बढि स्टल रहेको र हालसम्म महोत्सवको करिब ७० भन्दा बढि स्टल बुकिङ्ग भइसकेको मेला ब्यबस्थापक बिनोद बुढाथोकीले जानकारी दिनु भयो ।
यस्तै महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवालाई प्राथमिकता दिइने मेला आयोजक चेम्बर अफ कमर्सको भनाई रहेको छ ।

