
Nssbus7
Gsl
Csbus
gms
syysr
Syees
Ssbus
Pbu
Jsbus
Amb
Ddhbs
Gsbus
Rbs
Bksbus5
Ratbs
dsbus

Ggd
Tsm
Hal
Ksm
Sls
Ssm
nsb
Rgu
Bbu
Gst
Rsb
Asm
Pvg
Sbs
Rgu
Wsp
Vor
Rgs
Bbbpu

Mks
bbt
Jmb
Rmb
Syp
Gsb
Bml
Pls
Jmb
Ptm
Rpp
sab
Abd
दाङ । देउखुरीको लमहीमा आजदेखि हुन लागेको लमही महोत्सवको मुख्य प्रायोजकमा गुरुकुल एकेडेमी लमही रहेको छ ।
गुरुकुल एकेडेमी ग्रुपका अध्यक्ष ई. अनन्तराज घिमिरे र लमही चेम्बरका अध्यक्ष तथा महोत्सव मुल आयोजक समिति संयोजक सितल भुसालले सम्झौता पत्रमा हस्ताक्षर गर्दै गुरुकुल एकेडेमी लमही मुख्य प्रायोजक बनेको हो ।
यहीँ आउदौ शैक्षिक सत्र २०८१ बैशाखबाट संचालनमा आउन लागेको गुरुकुल एकेडेमी लमहीले लमहीमा आयोजना हुन लागेको लमही दोस्रो कृषि पर्यटन,उद्योग तथा ब्यापारीक महोत्सव २०८० लाई मुख्य प्रायोजन गरेको हो । शिक्षालाई हरेक क्षेत्रसंग जोड्दै लगेको गुरुकुल एकेडेमीले विभिन्न खेलकुद कार्यक्रम तथा शिक्षासंग जोडिएका हरेक क्षेत्र लगायत महोत्सवहरुमा पनि यसरी प्रायोजन गर्दै आएको छ ।
त्यस्तै शिक्षा संगै संस्कार र सस्कृति पनि जोडिएको हुँदा यसको संरक्षण गर्न पनि गुरुकुल एकेडेमीले प्रायोजन गर्ने गरेको गुरुकुल एकेडेमीले बताएको छ । यस अघि थारु कला संस्कृतिको जगेर्ना तथा संवर्धन भन्ने मुल नाराका साथ तुलसीपुरमा भएको माघि महोत्सवमा पनि गुरुकुल एकेडेमी तुलसिपुरले मुख्य प्रायोजन गरेको थियो ।
गुरुकुल एकेडेमी लमहीद्वारा प्रायोजन गरिएको लमही महोत्सव माघ ५ गतेदेखि १७ गतेसम्म चल्ने छ भने महोत्सवको उद्धाटन लुम्बिनि प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गर्ने तयारी भएको छ । गुरुकुल एकेडेमी तुलसीपुर र लमहीमा आउदो शैक्षिक सत्रबाट कक्षा प्लेग्रुपदेखि कक्षा ९ सम्म संचालन हुने छन् । गुरुकुल एकेडेमीको बारेमा जानकारी लिनका लागि महोत्सवमा रहेको फोटो बुथ अथवा ९८५१२४०३६३ मा सम्पर्क गर्न पनि विद्यालयका मार्केटिङ प्रमुख शुदाम्शं जिसिले बताउनु भयो ।
