
Sgr
pku
Rgp1
Ggp
Unsku
Srbpu
Lnp
Rgp
Pbu

Hal
Bbbpu
nsb
Ggd
Tsm
Asm
Rgs
Wsp
Ksm
Rsb
Pvg
Vor
Rgu
Ssm
Bbu
Gst
Sls
Sbs
Rgu

Mks
Jmb
Ptm
Jmb
Abd
sab
Gsb
Rmb
Bml
Pls
Rpp
bbt
Syp
दाङ । देउखुरीको राप्ती गाउँपालिका र विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र काभ्रेपलान्चोक बीच सहकार्य हुने भएकाे छ।
गाउँपालिका र केन्द्र बिच पालिका भित्र रहेका शारीरिक आपाङ्गता भएका बालबालिकाहरुको अविलम्ब पहिचान, उपचार,सामाजिकीकरण, मुलप्रवाहिकरण तथा व्यवस्थापनका लागि घुम्ती शिविर ,सचेतीकरण,साहयक सामाग्री नाप र वितरण ,शल्यक्रिया र पुनर्स्थापना सेव प्रदान गर्ने विषयमा सहकार्य हुने भएको हाे।
त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैधरी ,प्रमुख प्रसाशकीय अधिकृत नेब बहादुर ओली र अपांग बाल अस्पताल तथा पुनःस्थापन केद्रका बालअधिकार तथा सुचना अधिकृत बीनिता खड्का, सुपरभाइजर लेखनाथ आचार्य बीच साे विषयमा छलफल भई सहकार्य गरि अगाडि बढ्ने सहमति भएको छ ।
यस्तै केन्द्रले विगत ३८ वर्ष देखि देशका विभिन्न जिल्लाहरुमा शारीरिक अपाङ्गता भएका १८ वर्षसम्मका सीमान्तकृत परिवारका बालबालिकालाई प्राथमिकतामा राखेर उनीहरुको उच्चस्तरको स्वास्थ्य,उपचार तथा पुनर्स्थापना सेवाहरु प्रदान गर्दै आइरहेको अपांग बाल अस्पताल तथा पुनःस्थापन केद्रकी बालअधिकार तथा सुचना अधिकृत बीनिता खड्काले बताउनु भयो।
