
Rgp
Srbpu
Unsku
pku
Pbu
Rgp1
Sgr
Ggp
Lnp

Rgu
Pvg
Gst
Sls
Bbbpu
Wsp
Rgu
Ggd
Asm
Rgs
Hal
Ksm
Rsb
Vor
Ssm
Bbu
Tsm
nsb
Sbs

Bml
Gsb
bbt
Rpp
Mks
Jmb
sab
Pls
Syp
Rmb
Ptm
Abd
Jmb
काठमाडौं । मगर समुदायको प्रमुख राष्ट्रिय साँस्कृतिक पर्व माघे सकराती २०८० को पर्व सोमबार काठमाडौंको टुडिखेलमा भव्य साथ सम्पन्न भएको छ ।
नेपाल मगर संघ केन्द्रीय कार्यसमितिको आयोजना तथा संघको विभिन्न भातृ संगठनको सहयोगमा देशै भरका लाखौं मगरहरुको सहभागीमा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरको अध्यक्षता तथा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री प्रचण्डले पूर्वी नेपाललाई किराँत प्रदेश बनाउने आफ्नो लक्ष्य पनि निर्वाचनमा पार्टीको हैसियत कमजोर हुँदा पूरा हुन नसकेको बताउनु भयो । उहाँले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति आफू सहमत रहेको उल्लेख गर्दै त्यसमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।
देशभक्तिको पक्षमा,जनताको परिवर्तनको पक्षमा, निरंकुशताका विरुद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरुको पनि सम्मान हुने भएकाले पनि नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने कुरामा आफूले पहल गरिरहेको प्रधानमन्त्री प्रचण्डको भनाई रहेकोे थियो ।
त्यस्तै उहाँले भन्नु भयो, ‘म जति सफल हुनुपर्ने हो, अझै भएको छैन । यो कुरा साँचो हो । मैले पूर्वलाई किराँत प्रदेश बनाउनु पर्छ भनेर अन्तिमसम्म प्रयास गरेकै हो । मैले निर्वाचनको क्रममा पनि किराँत भनेको एउटा जातिको मात्रै कुरा होइन । एउटा इतिहास,सभ्यता र संस्कृतिको कुरा हो भनेकै थिए । तर दुर्भाग्य हाम्रो पार्टी निर्णय गर्नै हैसियतमा चुनावबाट आउन सकेन । परिणाम तपाई हामीले भोगिराखेकै छौं । त्यसकारण यो ऐतिहासिक सन्दर्भमा पनि तपाईँहरू सबैसँग अपिल गर्न चाहन्छु–जसले यो परिवर्तन ल्याउनका लागि सबैभन्दा बढी बलिदान गर्यो, जसले यसको नेतृत्व गर्यो, त्यसको हात बलियो भएन भने दुर्भाग्यपूर्ण स्थिति आउन सक्दो रहेछ’ उहाँले भन्नु भयो ।
यस्तै प्रधानमन्त्री प्रचण्डले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको कामलाई सरकारले राष्ट्रिय कार्यभारको रुपमा अघि बढाएको पनि उहाँले बताउनु भयो ।
