शिबराज पन्थी/सिधा-पत्र कर्मी सोमबार, माघ ०१, २०८०

दाङ । शारीरिक ब्यायाम, प्रणायाम र योग मानव स्वास्थ्यका लागि अपरिहार्य भएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ ।

गढवा गाउँपालिका र पतन्जली योग समिती गढवाले सोमवार गढवामा आयोजना गरेको नबौ रास्ट्रीय योग दिवस-२०८० लाई सम्बोधन गर्दै अध्यक्ष पोख्रेलले यस्तो बताउनु भएको हो।आधुनिक चिकित्साले पनि योग बिज्ञान लाई प्रमाणिकरण गरेको र गढवा गाउँपालिकाले नीति- कार्यक्रम र स्थानीय पाठ्यक्रममै योग शिक्षाको अवधारणा अगाडि सारेको र सबै वडाहरुमा साधना केन्द्र समेत आवश्यक रहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा बोल्दै गढवा ५ का अध्यक्ष लेखबहादुर थापाले योगले मानव शरिरमा स्फुर्ती बढाउने र इम्युनिटी पावर वृद्धि गर्ने बताउनु भयो । साधना केन्द्र सन्चालन गर्न आफ्नो वडामा पनि पहल गर्ने उहाले बताउनु भयो । कार्यक्रममा बोल्दै वडा नम्बर ६ का अध्यक्ष बिरबहादुर आले मगरले योगलाइ निरन्तरता दिन साधना केन्द्रकालागी जग्गा ब्यवस्थापन गर्ने प्रतिवद्द्ता समेत ब्यक्त्त गर्नुभयो । नेपाल सरकार बिज्ञान तथा प्रबिधी मन्त्रालयले यसबर्ष देशका ७५३ स्थानिय तहलाइ रास्ट्रीय योग दिवस मनाउन निर्देशन गरेको थियो । सोही अनुरुप स्थानिय सरकारको साझेदारिमा कार्यक्रम गरिएको पतन्जली योग समिती गढवाका अध्यक्ष रामनरेश यादवले बताउनु भयो ।

त्यस्तै योग, ब्यायाम र प्रणायामले शरिरलाइ स्वस्थ्य राख्ने,रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र लागेका रोगहरुलाइ पनि बिस्तारै निको गराउने पतन्जली महिला योग समिती दाङका अध्यक्ष साहाना श्रेष्ठले बताउनु भयो । कार्यक्रममा एउटा खुट्टाले गरिने बृक्षासन प्रतियोगितामा प्रथम हुने गिरिराज पुलामी, द्वितीय हुने साधना सिंह र तृतिय हुने सुलाचन चौधरी लाई सम्मान गरिएको थियो । सो अवसरमा वडा सदस्य दिनमणी आचार्य, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, लायन्स क्लब अफ गढवाका अध्यक्ष उमाकान्त पन्त, समाजसेवी बुद्धिजिवि तथा राजनीतिकर्मी रामप्रसाद गैरे र पत्रकार दुखहरण यादव लगाएतले योगको महत्वका बारेमा बोल्नु भएको थियो ।

शिक्षक राधा गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सन्चालन पत्रकार शिबराज पन्थिले गर्नु भएको थियो । कार्यक्रम पतन्जली योग समिती गढवाका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]