
Rgp
Sgr
Srbpu
Ggp
Pbu
Lnp
Unsku
Rgp1
pku

Rgu
Pvg
Rgu
Bbbpu
Bbu
Sls
Rsb
Tsm
Rgs
Ggd
Sbs
Wsp
Asm
Ssm
Vor
Hal
Gst
Ksm
nsb

sab
Syp
Jmb
Pls
Gsb
Abd
Mks
Bml
Ptm
Rmb
Jmb
Rpp
bbt
दाङ । महिलाहरुले मात्र संचालन गर्दै आएको गढवा क्षेत्रको पुरानो सहकारी संस्था चेतनशिल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औं बार्षिक साधारणसभा शनिवार गढवामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सकुन्तला डिसीको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखे्रलले सहकारीको उन्नती र बिकासका लागि सबै शेयर सदस्यहरुले अपनत्व लिदै जागरुक हुनुपर्ने भन्दै चेतनशिल सहकारीले सामाजिक क्षेत्रमा पनि राम्रो योगदान गरेकोमा प्रशंसा ब्यक्त गर्नुभयो ।
सहकारीहरु संचालन गर्न नयाँ पुस्तामा उत्साह नभएको यो अवस्थालाई सुधार गर्दै उत्तराधिकारीका रुपमा पुस्तान्तरण गर्न नसकिएमा सहकारीहरु संकटमा पर्नसक्ने बताउनुभयो । सहकारी संचालन गर्दा आर्थिक पारदर्शिता र सुशासन जरुरी रहेको उहाँले औल्याउनुभयो ।
त्यस्तै कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंमप्रकाश बसेल, गढवा गाउँपालिका सहकारी शाखाका कर्मचारी सत्यपाल यादव, वडा सदस्य रेखा थापा, आयाम बहुउद्देश्यिय सहकारी संस्थाका सचिव श्याम बहादुर चौधरी, सहकारी सञ्जालका सदस्य दामोदर ढुंगाना र गढवा होटल ब्यवसायी संघका अध्यक्ष दयाराम थापा तथा दक्षिण देउखुरी अधिकार मञ्चका मदन पौडेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष शुसीला सिंहले २ करोड ३६ लाख बराबर कारोवारको आयब्यय प्रतिवेदन र सचिव उत्तम चौधरीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उत्कृष्ट बचतकर्ताको रुपमा पुष्पा थैब श्रेष्ठ र सरीना गुप्तालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । ईश्वरा पाठकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन ब्यवस्थापक ओभा पाठकले गर्नुभएको थियो ।

