
Nssbus7
gms
Amb
Gsbus
Rbs
Ddhbs
Jsbus
Pbu
Ssbus
Gsl
Ratbs
dsbus
Csbus
Bksbus5

Vor
nsb
Gst
Sbs
Ksm
Asm
Rgu
Bbu
Pvg
Hal
Ssm
Sls
Bbbpu
Ggd
Rgu
Wsp
Rgs
Rsb
Tsm

Abd
Jmb
Pls
Jmb
Gsb
Mks
Ptm
bbt
Syp
sab
Rmb
Bml
Rpp
दाङ । शनिवार शुभतारा माध्यमिक बिद्यालय गढवाको हलमा खचाखच भरिएका निजी बिकद्यालयका ४८ जना शिक्षीकाहरुलाई अग्रेजी भाषाका गित, कविता र हाउभाउ समेतको तालिमले मन्त्रमुग्ध बनाएको पाईन्थ्यो ।
सिकाई अभ्यासमा तल्लिन शिक्षकहरुलाई यो बिधिबाट गराईने शिक्षण अभ्यास निकै आकर्षक र उपलब्धिमुलक रहने भएकोले आफ्नो बिद्यालयले गाउँपालिकाभरका निजी बिद्यालयका वाल शिक्षकहरुलाई एकै थलोमा आमन्त्रण गरी बिद्यालयकै लगानीमा यस्तो अभ्यासको थालनी गरिएको प्रिंसीपल बिकास रजौरेले जानकारी दिनुभयो ।
देउखुरीको गढवामा गित, कविता र हाउभाउको आधारमा वालवालीकाहरुलाई पठन–पाठन गर्ने मण्टेश्वरी अभ्यासको शिक्षण बिधि शिक्षकहरुलाई सिकाइन थालेको छ । गढवा स्थित शुभतारा माध्यमिक बिद्यालयको आयोजनामा गढवा गाउँपालिकाभरका ११ निजी बिद्यालयका ३८ जना शिक्षकहरुलाई एउटै थलोमा बोलाई यो अभ्यास गराउन थालिएको बिद्यालयका प्रअ बिककास रजौरेले जानकारी दिनुभयो ।
जिल्लाका घोराही, तुलसीपुर र देउखुरीका धेरै बिद्यालयहरुले यो बिधि प्रयोग गरेर शिक्षण अभ्यास सुरु गरेको प्रशिक्षक तथा मारिया इण्टरनेशनल मण्टेश्वरी सेण्टरका प्रशिक्षक दिप्ती रानाले बताउनुभयो । पुस्तकको मात्र एकोहोरो र घोकन्ते पढाई भन्दा गित, संगीत र कविताको शैलीमा बिद्यार्थीहरुलाई ब्यवहारी ढंकबाट पठन–पाठनको अभ्यासले सिकाई उपलब्धि हुने प्रयोगात्मक तथा अकर्षण हुने भएकोले यो बिधिको प्रयोग गरिएको रानाले बताउनुभयो । मारिया ईण्टरनेशनल मण्टेश्वरी शिक्षण संस्था र आफूले नेपालका धेरै जिल्लाहरुमा तथा बिदेशमा समेत मण्टेश्वरी पठन–पाठन गराउने शिक्षकहरुलाई शिक्षण अभ्यास गराउँदै आएको र यसको माग बढ्दै गै रहेको रानाले बताउनुभयो ।
