Sidha Patra शनिबार, पौष २८, २०८०

दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले राप्ती नदीमा भएकाे बस दुर्घटनाका घाइतेहरूकाे उपचारमा सबै प्रकारकाे उपाय अपनाउन अस्पताल र स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नु भएकाे छ ।

गएराति नेपालगञ्जबाट काठमाडौं जाँदै गरेकाे बस राप्ती उपत्यकाकाे राप्ती नदीमा खसेकाे जानकारी पाउना साथ भालुवाङ अस्पतालका चिकित्सकलाई प्राथमिक उपचारमा लाग्न र जटिल अबस्था भएकाहरूलाई ढिलाे नगरी रिफरल अस्पतालमा पठाउन भन्नू भएकाे थियाे ।

त्यस्तै स्वास्थ्य मन्त्री खनालले रिफर गरेर पठाउने अस्पताललाइ पनि घाइतेहरू पठाउन थालिएकाले उपचारका लागि तयारि अबस्थामा रहन भन्न भालुवाङ अस्पताल प्रशासनलाई आग्रह गर्नु भएकाे थियाे । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खनालले दुर्घटनामा परि निधन भएकाहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै घाईतेहरूकाे सिघ्र स्वास्थ्यलाभकाे कामना गर्नु भएकाे छ । नेपालगबाट काठमाडौं जाँदै गरेकाे भे १ ख ३९१२ नम्बरकाे बस राप्ती उपत्यका अन्तर्गत राप्ती नदी पुलबाट नदीमा शुक्रबार साझ खसेकाे थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]