
Rgp
Rgp1
Srbpu
Lnp
Sgr
Unsku
Pbu
Ggp
pku

Ssm
Asm
Rgu
Pvg
Rgu
Bbu
Rgs
Ksm
Tsm
Ggd
Sbs
Wsp
Hal
Bbbpu
Vor
Rsb
Gst
nsb
Sls

Gsb
Rpp
Jmb
Jmb
sab
Rmb
Bml
bbt
Pls
Mks
Syp
Ptm
Abd
चितवन । चितवनमा गैँडाको खाग तस्करी गरी फरार रहेका चार जनालाई निकुञ्जले पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।
त्यस्तै पक्राउ पर्नेमा गणेश कुमाल, चक्का जेठा,सोनामसिं त्यस्तै वाइबा र मुक्तलाल पुनमगर रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार २०७७ कात्तिक २० गते भुसारघाट पारिपट्टि आइल्याण्ड क्षेत्रमा एकसिङ्गे गैँडालाई गोली हानी मारेर खाग तस्करी गरेको आरोपमा यही पुस २१ गते कुमाललाई भरतपुर महानगरपालिका वडा नम्बर २४ मचानबाट पक्राउ गरेको हो । सो मुद्दामा उनीसहित २४ जना प्रतिवादी रहेका थिए ।
यस्तै २०६३ साउन २८ गते सिमलगैहरी क्षेत्रमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा वाइबालाई पक्राउ गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए । उनका अनुसार सो मुद्दामा १४ जना प्रतिवादीमध्ये वाइबालाई यही पुस २४ गते इच्छाकामना गाउँपालिका–७ भालुमाराबाट पक्राउ गरिएको हो । उनी १७ वर्षदेखि फरार थिए ।
त्यस्तै निकुञ्ज र निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोलीले २०६० माघ २० गते नन्दनताल क्षेत्रमा गैँडा मारी खाग तस्करी गरेको आरोपमा १३ वर्षदेखि फरार रहेका जेठा र पुनमगरलाई पक्राउ गरिएको हो । दुवैजनालाई यही पुस २४ गते राप्ती नगरपालिका–११ सिमलटाडीबाट पक्राउ गरिएको हो । उनीहरूलाई जिल्ला अदालत चितवनले १५ वर्ष कैद तथा रु एक लाख जरिवाना तोकेको थियो । सो मुद्दामा चार जना प्रतिवादी रहेका थिए । पक्राउ परेका उनीहरूलाई जिल्ला अदालतलाई बुझाइएको सूचना अधिकारी तिवारीले बताए ।रासस
