Sidha Patra बुधबार, पौष २५, २०८०

दाङ । नेपाल कम्युनिष्ट पार्टीको जनवर्गीय संगठनद्वारा लमही नगरपालिकामा युवा,विद्यार्थी र महिलाको नगर स्तरीय प्रथम भेला सोमबार सम्पन्न भएको छ ।

युवा गणेश कुमालको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कमिटी सदस्य तथा देउखुरीका इन्चार्ज बिक्रम सीको प्रमुख आतिथ्यता र नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सल्लाहकार साउनी सीको विशेष अतिथिमा बसेको युवा,विद्यार्थी र महिलाको नगर स्तरीय प्रथम भेलाले ४९ जनाको कमिटी रहनेगरि लमहीमा जनवर्गीय संगठन गठन गरिएको हो ।

युवा संगठन नेपाल लमही नगर कमिटीको अध्यक्षमा करण सी,उपाध्यक्षमा गणेश सी,सचिवमा यज्ञ सी गरि १७ जनाको कमिटी गठन गरिएको छ भने अनेरास्ववियु (क्रान्तिकारी) नगर कमिटीको अध्यक्षमा अनिश सी,उपाध्यक्षमा शान्ता सी,सचिवमा आयुश सी,कोषाध्यक्षमा रचना सी,सहसचिवमा सुबि सी गरि १९ जनाको कमिटी गठन भएको छ ।

त्यस्तै अखिल नेपाल महिला संघ क्रान्तिकारी नगरको अध्यक्षमा लक्ष्मी सी,सचिव अर्पना सी लगायत १३ जनाको कमिटी गठन भएको नेपाल कम्युनिष्ट पार्टी लमही नगरका इन्चार्ज मुक्ति सीले जानकारी दिनु भयो ।

त्यस्तै उक्त युवा,विद्यार्थी र महिलाको नगर स्तरीय प्रथम भेला पस्च्यात नेपाल कम्युनिष्ट पार्टी देउखुरीका इन्चार्ज बिक्रम सीले नव गठित कमिटीका अध्यक्ष लगायत पदाधिकारीलाई बधाई दिदै पार्टीको जनवर्गीय संगठनको प्रमुख उदेश्य भनेको समाजवाद प्राप्तिका लागि रहेकोे हुँदा आफ्नो जिम्मेवारीलाई आत्मसात गरेर काम कार्य गर्न आग्रह गर्नु भएको थियो ।

अनेरास्ववियु (क्रान्तिकारी) क जिल्ला संयोजक समता सी र युवा संगठन नेपालका अदिप सीले नव गठित कमिटीलाई बधाई शुभकामना दिनु भएको थियो । उक्त भेलामा पार्टीको जसबका विभिन्न कमिटीका नगर र जिल्लाका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भेला कार्यक्रमको संचालन अनिश सीले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]