
pku
Sgr
Lnp
Pbu
Rgp1
Srbpu
Ggp
Unsku
Rgp

Sls
Sbs
Ssm
Bbbpu
Rgu
Rsb
Rgs
Wsp
Hal
Ksm
Tsm
Ggd
Gst
Bbu
Vor
nsb
Rgu
Pvg
Asm

bbt
sab
Ptm
Syp
Gsb
Pls
Rmb
Rpp
Mks
Jmb
Abd
Bml
Jmb
प्यूठान । प्यूठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । आइतबार गौमुखी गाउँपालिका वडा नम्वर ६ लिवाङका ७० वर्षीय केदार बोहोरा क्षेत्री र २६ वर्षीय रामु बोहरा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
दुवैजना एकै घरका बाबुछोरा हुन । मृतकको शवलाई जिल्ला अस्पतालमा राखिएको छ । शवको सोमबार विहान पोष्टमार्टम गरिने प्यूठान अस्पतालले जनाएको छ ।
चट्याङ लागेर गौमुखी गाउँपालिकाकै अन्य दुई जना घाईते भएका छन् । गौमुखी गाउँपालिका वडा नम्वर ४ निवासी २४ वर्षीया सिर्जना न्यौपाने र गौमुखी गाउँपालिका वडा नम्वर ६ निवासी ५४ वर्षीया गमी बोहोराको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ ।
यस्तै,शनिबार दिउँसो माण्डवी गाउँपालिका वडा नम्वर २ रातापानीका दुई जना दिदिबहिनीलाई चट्याङ लागेको थियो । २० वर्षीया कल्पना अधिकारी र १६ वर्षीया सपना अधिकारीको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ।
