
Srbpu
Rgp
Rgp1
Pbu
Unsku
Lnp
Ggp
pku
Sgr

Tsm
Gst
Vor
Bbbpu
Rgu
Sls
Rgu
Rgs
nsb
Ssm
Asm
Ksm
Pvg
Wsp
Ggd
Rsb
Sbs
Hal
Bbu

Rpp
sab
Mks
Bml
Ptm
bbt
Rmb
Abd
Syp
Jmb
Jmb
Gsb
Pls
दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्नुको साथै कृषि, पर्यटन तथा उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको ‘ छैठौं राप्ती–लुम्बिनी प्रादेशिक व्यापारिक,पर्यटन तथा कृषि महोत्सव २०८०’ को सम्पूण तयारी पुराभएको आयोजक राप्ती उद्योग बाणिज्य संघ भालुवाङले जनाएको छ ।
यहीँ पुष २६ गतेदेखि माघ ८ गतेसम्म चल्ने ‘छैठौं राप्ती–लुम्बिनी प्रादेशिक व्यापारिक,पर्यटन तथा कृषि महोत्सव २०८०’ को सम्पूर्ण तयारी पुरा भएको राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिमा संयोजक सुरज खड्काले बताए ।
‘कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान’ भन्ने मुल नाराका साथ संचालन हुन लागेको महोत्सवको पुष २६ गते बिहिवार लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य, श्रम तथा यातायात मन्त्री सरोज थापा(रोज राणा)ले उद्घाटन गर्ने कार्यक्रम रहेको खड्काले बताए ।
‘महोत्सव हुने स्थल राप्ती गाउँपालिकाको वडा नं. २ लालमटियामा रहेको टुडिखेलमा मेला निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।’ संयोजक खड्काले भने ‘बुधबार बेलुका सम्म सम्पूर्ण स्टल तथा स्टेज निमार्ण काम सम्पन्न हुनेछ ।’
स्थानिय स्थरमा उत्पादित विभिन्न बिभिन्न सामाग्रीहरुसँगै,जिल्लास्थित उत्पादन हुँने कृषि जन्य सामाग्रीहरु,हस्तकला प्रर्दशनीसहित थारु, मगरका साथै बिभिन्न जाती बिशेषका सँस्कृति झल्कीने झाँकीहरु पनि प्रर्दशन गरिने आयोजकले जनाएका छन् । साथै महोत्सव अवधिभर साँस्कृतिक कार्यक्रमहरुसँगै, मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिने भएको छ ।
महोत्सवमा विभिन्न १ सय स्टलहरु राखिने छ भने करीब चार लाख दर्शकले महोत्सवको अवलोकन सहित ७ करोड बराबरको कारोवार हुने अनुमान रहेको संयोजक खड्काले जानकारी दिए । स्थानीय उत्पादीत वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने महोत्सवको उदेश्य रहेको छ ।
त्यस्तै महोत्सव अवधीभर न्यु डान्स क्रेशनको साथै ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहनुको साथै महोत्सव अवधीभर खुल्ला नृत्य प्रतियोगिता देउखुरी आइडल समेत हुने छ । देउखुरी आइडलमा प्रथम हुनेलाई नगद २० हजार, दोसो हुनेलाई नगद १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कारको व्यवस्था समेत गरिएको संयोजक खड्काले जानकारी दिनु भयो ।
