Sidha Patra मंगलबार, पौष २४, २०८०

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैयामा सोमबार थारु कल्याणकारी सभा राजपुरले माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

थारु कल्याणकारी सभा राजपुरका अध्यक्ष मंगल चौधरीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता र गाउँपालिकाकि उपाध्यक्ष धनपतीदेवी यादवको विशेष अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।

राजपुर गाउँपालिका र वडा नम्बर ४ को वडा कार्यालयको संयुक्त आर्थिक सहयोग तथा थारु कल्याणकारी सभा राजपुरको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले राजपुर गाउँपालिका भित्रका थारु समुदायको लागि गाउँपालिका सधै लागि परेको र आगामी दिनमा निरन्तर लागि पर्ने बताउनु भएको छ ।

थारुहरुको महान पर्व नजिकै आउँदै गरेको माघी पर्वको शुभकामना दिदै अध्यक्ष बुढाथोकीले थारु कल्याणकारी सभा राजपुरको कार्यालय भवन निर्माणका लागि आफुले राजपुर पालिकाबाट ५ /५ लाख गरि दुईपटकमा १० लाख बजेट विनियोजन गरिदिएको र अहिले कार्यालय भवनपनि निर्माण भइसकेको बताउनु भयो । त्यस्तै अध्यक्ष बुढाथोकीले सोमबार नै नव निर्मित कार्यालय भवनको उद्घाटन समेत गर्नु भएको छ ।

कार्यक्रममा राजपुर गाउँपालिकाकि उपाध्यक्ष धनपतिदेवी यादव,गढवा गाउँपालिकि उपाध्यक्ष शारदा कुमारी चौधरी,थारु कल्याणकारी सभा दाङ क्षेत्र नम्बर १ का सभापति प्रकाश चौधरी,थारु कल्याणकारी सभा क्षेत्र नम्बर १ का पार्षद हल्लुप्रसाद चौधरी,वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

थारु कल्याणकारी सभा राजपुरका सदस्य खुशीराम
चौधरीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा थारु कला सम्बन्धि विभिन्न प्रतियोगिताहरु प्रस्तुत गरिएको थियो भने कार्यक्रमको संचालन सभाका सचिव रामबकश चौधरीले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]