
Ggp
Rgp1
pku
Srbpu
Lnp
Unsku
Rgp
Pbu
Sgr

Gst
Pvg
Bbu
Hal
Wsp
nsb
Ggd
Asm
Rgs
Bbbpu
Ksm
Tsm
Rgu
Rgu
Ssm
Vor
Sls
Rsb
Sbs

Mks
Jmb
sab
Pls
bbt
Syp
Gsb
Rpp
Jmb
Rmb
Ptm
Bml
Abd
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैयामा सोमबार थारु कल्याणकारी सभा राजपुरले माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
थारु कल्याणकारी सभा राजपुरका अध्यक्ष मंगल चौधरीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता र गाउँपालिकाकि उपाध्यक्ष धनपतीदेवी यादवको विशेष अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।
राजपुर गाउँपालिका र वडा नम्बर ४ को वडा कार्यालयको संयुक्त आर्थिक सहयोग तथा थारु कल्याणकारी सभा राजपुरको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले राजपुर गाउँपालिका भित्रका थारु समुदायको लागि गाउँपालिका सधै लागि परेको र आगामी दिनमा निरन्तर लागि पर्ने बताउनु भएको छ ।
थारुहरुको महान पर्व नजिकै आउँदै गरेको माघी पर्वको शुभकामना दिदै अध्यक्ष बुढाथोकीले थारु कल्याणकारी सभा राजपुरको कार्यालय भवन निर्माणका लागि आफुले राजपुर पालिकाबाट ५ /५ लाख गरि दुईपटकमा १० लाख बजेट विनियोजन गरिदिएको र अहिले कार्यालय भवनपनि निर्माण भइसकेको बताउनु भयो । त्यस्तै अध्यक्ष बुढाथोकीले सोमबार नै नव निर्मित कार्यालय भवनको उद्घाटन समेत गर्नु भएको छ ।
कार्यक्रममा राजपुर गाउँपालिकाकि उपाध्यक्ष धनपतिदेवी यादव,गढवा गाउँपालिकि उपाध्यक्ष शारदा कुमारी चौधरी,थारु कल्याणकारी सभा दाङ क्षेत्र नम्बर १ का सभापति प्रकाश चौधरी,थारु कल्याणकारी सभा क्षेत्र नम्बर १ का पार्षद हल्लुप्रसाद चौधरी,वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
थारु कल्याणकारी सभा राजपुरका सदस्य खुशीराम
चौधरीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा थारु कला सम्बन्धि विभिन्न प्रतियोगिताहरु प्रस्तुत गरिएको थियो भने कार्यक्रमको संचालन सभाका सचिव रामबकश चौधरीले गर्नु भएको थियो ।
