
Csbus
Gsl
Rbs
Ratbs
gms
Syees
Ssbus
Bksbus5
Pbu
Amb
Nssbus7
Ddhbs
syysr
dsbus
Gsbus
Jsbus

Bbbpu
Hal
Rgs
nsb
Ksm
Rgu
Asm
Vor
Gst
Sbs
Sls
Wsp
Pvg
Ggd
Rsb
Ssm
Rgu
Bbu
Tsm

Jmb
Abd
Rpp
Bml
Jmb
Mks
Gsb
Pls
Rmb
Ptm
bbt
Syp
sab
दाङ । गुरुकुल एकेडेमीका संस्थापक अध्यक्ष ई.अनन्तराज घिमिरेले बिशेष कार्यक्रम गरी आफ्नो जन्मदिन मनाउनु भएको छ ।
मानव र मानवताको धर्मअनुसार दिनदुखीलाई सहयोग गर्ने उद्देश्यका साथ जन्मदिन मनाई रहनु भएका घिमिरेले जिल्लामा रहेको बिभिन्न संघ संस्थाहरुलाई करीव ५० हजार बराबरको सामग्री प्रदान गरी आफ्नो जन्मदिन मनाउनु भएको हो ।
घोराहीमा रहेको वैदिक गुरुकुलका ३० जना बटुक र गुरुहरुलाई १ महिना पुग्ने खाद्यान्न,यसैगरी घोराहीमै रहेको बृद्धाआश्रममा १० वटा कुर्सि र २५ केजि दाल र त्यँहा रहनुभएका वुवा आमाहरुलाई फलफुल तथा मिठाई वितरण गर्नुकभएको थियो भने तुलसिपुरमा रहेको दिदि घर बाल आश्रममा करीव १ महिना पुग्ने दिउसो चाहिने खाजाको ब्यबस्था गर्नुभएको थियो ।
यस संगै वैद्धिक गुरुकुलका बटुकहरुलाई टिका लगाई दक्षिणा समेत दिनु भएको थियो । सामाज सेवासँग आफुलाई जोडेर जन्मदिन मनाउनु निकै प्रशंसनिय कदम भएको भन्दै संस्थाहरुले जन्मदिनको शुभकामना समेत दिएका थिए । सानै उमेरदेखि आफ्ना बिभिन्न शुभकार्यको अवशर पारेर उहाँले समाजसेवा गर्ने गर्नु भएको छ ।
त्यस्तै बिभिन्न माध्यमबाट अशक्त तथा विपन्न परीवार लगायत समाज सेवामुखि संस्थाहरुलाई सहयोग गर्दै आउनुभएको ई. घिमिरे २०३८ साल पौष २२ गते आमा जिवा घिमिरे र बुबा अर्जुन घिमिरेको कोखमा बंगलाचुली गाउँपालिका,श्रीवारी–कमिरेचौरमा जुम्ल्याहा कान्छो सन्तानका रूपमा जन्मीनुभएको हो ।
ई.अनन्त राज घिमिरे, घिमिरेका पाँच दिदिहरू र तीन दाजुहरू हुनुहुन्छ । घिमिरेको प्रारम्भीक शिक्षा गोरक्ष मा.वि. चौघेरा र एस.एल.सि. दिपशिखा आ.मा.वि. घोराही दाङबाट पूरा गर्नुभएको हो । सानै उमेरदेखि तिक्ष्ण विवेक र वुद्धि भएका अनन्तको उदेश्य अनन्त छ । उहाँ सम्पूर्ण नेपाललाई समृद्ध बनाउन सम्भब छ र हाम्रै पालामा सम्भब छ भन्ने उदेश्य राख्नुहुन्छ । एस.एल.सि पछिको उहाँको पढाई पश्चिमाञ्चल इन्जिनियरिङ्ग क्याम्पस पोखराबाट पूर्ण छात्रवृतिमा सिभिल इन्जिनियरिङ्ग विषयमा डिप्लोमा पूरा गरी एडभान्स कलेजबाट स्नातक तथा पूल्चोक इन्जिनियरिङ्ग क्याम्पसबाट जियोटेकनिकल इन्जिनियरिङ्ग विषयमा स्नातोक्तर शिक्षा हासिल गर्नुभएको छ ।
आफ्नो शिक्षण पेशा इन्जिनियरिङ्ग अध्ययन संस्थान थापाथलीबाट सुरु गर्नुभएको उहाँले थापाथली इन्जिनियरिङ्ग क्याम्पसमा उप–प्रध्यापक, सिभिल विभागिय प्रमुख पदमा रही ८ वर्ष सेवा गरी सयौँ इन्जिनियर उत्पादन कार्यमा सहभागी हुनुभएको थियो । २०७१ सालदेखि मध्यपश्चिमाञ्चल विश्व विद्यालय सुर्खेतमा इन्जिनियरिङ्ग संकाय स्थापनाका लागि मुख्य भुमिका खेलेका घिमिरेले संकायको स्थाई सह–प्रध्यापक तथा इन्जिनियरिङ्ग संकायको डिनका रूपमा म.य.वि.वि इन्जिनियरिङ्ग संकाय स्थापनामा महत्वपूर्ण भुमिका रहेको छ ।
वाल्यकाल देखि सामाजिक कार्यमा समेत अग्रसर घिमिरे विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व सहित घिमिरे समाजका अध्यक्ष समेत हुनुहुन्छ ।
देश बन्नु पर्दछ र बच्नु पर्दछ भन्ने सोँच राखेका घिमिरेले स्वतन्त्र मेयर बालेन शाहलाई जिताउन आफ्नो ठाउँबाट महत्वपूर्ण भुमिका खेलेका थिए । देश बनाउने सोँच सहित घिमिरे सहितको ई.तथा डाक्टरहरूको समूहले २०७२ सालमा गुरुकुल एकेडेमी नामक संस्थाको जन्म गराई हाल घोराही दाङमा देशकै उत्कृष्ट नतिजा सहित कक्षा प्ले ग्रुप देखि कक्षा १२ सम्म अध्ययन अध्यापन भैरहेको छ । उक्त विद्यालयको संचालक समिति अध्यक्ष इन्जिनियर घिमिरेको मुख्य सोँच र गुरुकुल एकेडेमीको मुख्य लक्ष्य संस्कार सहितको शिक्षा प्रदान गरी पूर्ण मानव सृजना गर्नु रहेको छ । शैक्षिक सत्र २०८१ देखि गुरुकुल एकेडेमी तुल्सीपुर दाङ र लमही दाङमा समेत संचालन हुँदै छन ।
दाङका छोरा घिमिरेको दाङलाई समृद्ध बनाउनु पर्छ भन्ने अभियानको नेतृत्व समेत गरिरहेका छन् । प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी भई लुम्बिनी प्रदेश राजधानीको गुरूयोजना अत्यन्त छोटो समयमा सम्पन्न गराउन सफल भएका उनले प्रदेश सभा भवन निर्माण सम्पन्न गरानुभयो । ईन्जिनियर घिमिरेले दाङलाई हवाईमार्ग सँग जोड्नुनै दाङ विकासको एकमात्र मुल आधार रहेको विश्वास गर्नुहुन्छ ।
त्यस्तै कुनै दिन यो देशको नेतृत्वमा रहेर सम्पूर्ण नेपाली यूवालाई देशमै स्वरोजगार सृजना गर्ने र सुझाव निमार्ण गर्ने मुख्य उदेश्य राखेका घिमिरे नेपाल कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा विधावारिधि गर्दैहुनुहुन्छ । उनै घिमिरेले हरेक क्षेत्रमा बिकास गर्ने र गराउने गरी बिभन्न समाजसेवामा लाग्नुभएको । साथै आफुले जुन बिधि अपनाएर आफ्नो जन्मदिन मनाउनुभयो त्यसैगरी अनावश्यक खानपिन गर्ने रकमलाई सहि ठाँउमा प्रयोग गरेर मनाउन र सनातन हिन्दुधर्म अनुसार आमा-बुवालाई पुजा गरी बत्ति बालेर जन्मदिन मनाउन आग्रह समेत गर्नुभ यो ।
