
Csbus
Syees
syysr
Rbs
Bksbus5
Pbu
dsbus
Gsl
Jsbus
Ratbs
Amb
Nssbus7
gms
Ssbus
Ddhbs
Gsbus

Ggd
Ksm
nsb
Pvg
Sls
Rgu
Rgu
Wsp
Ssm
Sbs
Gst
Vor
Bbu
Rgs
Bbbpu
Tsm
Hal
Asm
Rsb

bbt
sab
Syp
Abd
Rpp
Pls
Ptm
Rmb
Bml
Gsb
Jmb
Mks
Jmb
माता पिता दिदीबहिनी दाजुभाइ
सम्झना मन मुटु भरि सबैलाई
अध्यारो संसार आखा सधैं खुलेको
छैन साथी आफ्ना कसैलाई भुलेको।
रमाइलो जीवन कष्ट दिनेलाई
सधैं दुख्ख यहाँ श्रम गरि हिड्नेलाई
नर्क बास अरुको खुसी खोस्नेलाई
स्वर्गीय सबै यहाँ कष्ट भोग्नेलाई।
जीवन यात्रा जन्म र मृत्यु बिचको
सहज बनाउने सधैं नै सीप हो
सपना साराको हरपल हितको
विपना स्वार्थ पूरा गर्ने कै जित भो।
हरा वन निला नभ सेता हिमाल
जल थल वायु मिश्रित धर्ती विशाल
चिसो बतास, खोलीमा पानी सलल
हास्दै नाच्दै घुम्ने झल्को सधैँ झलल।
मोह सब सुक्यो सारा फूल फुलेर
भएको साथी सङ्गी समस्त बटुलेर
बिहानको सारा पीडाहरु भुलेर
थियो रहर जान सन्ध्यामा उडेर।
अधेरो, साँघुरो कति बलियो यन्त्र
पिञ्जडामा म पन्छिको कालो तन्त्र
माता पिता छोरा छोरी सबै सर्वत्र
न कोही नजिक न कसैको नै पत्र।
पंछी म खुली रमाउदै बाच्न पाऊँ
उडूँ समस्त आफूले चाहेको ठाउँ
किन बुझ्दैनौ मेरो मनका यी घाउ
आफ्नैले नबुझ्ने तिमी के बुझ्लाऊँ।
पर्खाइमा म थाकिसकेँ छुट्ने दिन
मेरो हासो छिन्यौ मलाई छिटो छिन
कुन जन्मको पाप कहिलेको रिन
जीवन दियो तर जिउँदै मर्न किन।
कुहूकुहू कोइली करायो फेरि बनैमा
पिञ्जडामै छदा नै फर्केछ वसन्त
झझल्को माता पिता सबको मनैमा
थोपा चुहाउँदै फेरि अन्त्य वसन्त।
हिजो पनि जागेको सधैं कति जागु
आदिबाट मागेको अझै कति मागूँ
गुन्जन्छ मन यहाँबाट चाडै भागी
अन्धकार चिरेर उज्यालोमा लागूँ।
तिलक कालाथोकी कक्षा ११ बिज्ञान सङ्काय
गोरखा मोडेल सेकेन्डरी स्कुल लमही दाङ।
