
Csbus
Syees
syysr
Ratbs
Ssbus
Rbs
Pbu
Gsl
Gsbus
dsbus
Ddhbs
Amb
Jsbus
Nssbus7
Bksbus5
gms

Wsp
Asm
Pvg
Ssm
Ggd
Sls
Ksm
Tsm
Sbs
Rgu
Rgs
Vor
Hal
Bbu
nsb
Bbbpu
Rsb
Gst
Rgu

Bml
Mks
Rmb
bbt
Jmb
Ptm
Gsb
sab
Jmb
Syp
Abd
Pls
Rpp
दाङ । शैक्षिक शत्र २०८१ बाट पूर्ण रुपमा संचालनमा आउन लागेको गुरुकुल ऐकेडेमी तुलसिपुर र लमहीले आफ्ना भौतिक संरचनाहरु निर्माणलाई तिब्र रुपमा अगाडि बढाएको छ ।
त्यस्तै तिब्र निर्माणसंगै बालबालीकाहरुको सुरक्षा सतप्रतिशतको लागि विद्यालयले निकै मजबुत तथा सुरक्षित संरचनाहरुको निर्माण गरेको हो । इन्जिनियरहरुको उच्च डिजाइन तथा निगरानि गर्दै मापदन्डमा रहेर निर्माण कार्य गरीएको छ । यस्तै बालबालिकाहरुको स्वास्थ्यमा पनि निकै संवेदनशिल भएको हुदा सिमित तापक्रम राखिराख्नेगरि विल्डिङका भवनहरुमा वाल लगाउने काम भईरहेको विद्यालयले जनाएको छ ।
विद्यालयले उच्च गुणस्तरको क्याभिटि वाल लगाएको छ । जसले गर्दा विद्यार्थीहरुको लागि गर्मिमा बाहिरको मौषम भन्दा ५ डिग्रि कम तापक्रम राख्ने काम गर्छ भने जाडो याममा ५ डिग्रि तापक्रम बढाउने इन्जिनियर सन्तोष भट्टराईले जानकारी दिनुभयो । यसले विद्यार्थीहरुलाई गर्मी र जाडो दुबै मौषमको तापक्रमबाट जोगाउने स्पास्थ्यमा प्रतिकुल असर नपर्ने गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो ।
यस्तै गुरुकुल एकेडेमीले विद्यार्थीहरुको भविष्यको ख्याल राख्दै पढाईमात्र नभई नैशर्गिक अधिकार र सर्वागिंन विकासको लागि विभिन्न अतिरीक्ति क्रियाकलाप गर्दै आएको छ । दाङ जिल्लाको एकमात्र सुबिधा सम्पन्न विद्यालय गुरुकुल एकेडेमी घोराही,तुलसिपुर र लमहीमा यहीँ आउदो सरस्वती पुजाबाट अक्षरारम्भ सहित मन्टेस्वरीमा भर्ना संचालन हुदै छ भने कक्षा ९ सम्म शैक्षिक सत्र २०८१ बैशाखबाट पूर्ण रुपमा भर्ना संचालन हुने विद्यालयले जनाएको छ ।
