
Rgp
Asbus
Ggp
Ksbus
Lnp
Sdc
Msbus
Ggp
Ksbus


दाङ । देउखुरीको राप्ती गाउँपालिकाले भालुबाङ स्थित लालमटिया स्वास्थ्य चाैकीबाट सरुवा भई जान लाग्नु भएकी डाक्टर प्रतिभा महताेलाई एक कार्यक्रमको बीच बुधबार बिदाई गरिएको छ।
भालुबाङदेखि सुर्य विनायक अस्पताल भक्तपुरमा सरुवा भई जान लाग्नु भएकी डाक्टर महताेलाई गाउँपालिकाले फेरि भेट हाैला कार्यक्रमकाे आयोजना गरि बिदाई गरेको हाे।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली ,स्वास्थ्य शाखा प्रमुख नारायण रावत लगायत पालिकाका अन्य कर्मचारीहरुले फूल माला र टीका लगाई डाक्टर महताेलाई भव्य साथ बिदाई गरेको छ ।
उक्त बिदालाई कार्यक्रममा पालिकाका अध्यक्ष विष्टले डाक्टर महताेलाई पालिकाकाे तर्फबाट मायाको चिनाे समेत प्रदान गर्नु भएको थियो । साे अवसरमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले डाक्टर महताेले सेवा अवधिभर स्वास्थ्य सेवा प्रवाहमा पुर्याएकाे याेगदानकाे उच्च प्रसंसा गर्दै जहाँ रहेर सेवा गरे तापनि देशका सबै क्षेत्रका बिरामीहरुले चिन्ने गरि काम गर्न आग्रह गर्नु भयाे।
त्यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वलीले सरुवा प्रक्रिया नियमित प्रक्रिया भएकाे उल्लेख गर्दै जुनसुकै ठाउँमा सरुवा भएपनि आफ्नो पेशा र कर्म प्रति मर्यादित भएर सेवा प्रवाह गर्नु पर्ने बताउनु भयो ।
यस्तै डाक्टर महताे नेपाल सरकारले प्रदान गरेको छात्रवृत्ति मार्फत आफ्नो पढाइ पूरा गरि विगत डेढ वर्षअघिदेखि लालमटिया स्वास्थ्य चाैकी भालुबाङमा कार्यरत रहनु भएको थियो ।
