
Ggp
Pbu
cjs
Rgp1
Gfs
Sgr
sbs
Unsku
Pes
Rgp
Djs
pku
Lnp
Srbpu

Rgs
Bbbpu
Ggd
Wsp
Sls
Bbu
Rsb
Rgu
Gst
nsb
Ksm
Vor
Asm
Rgu
Sbs
Tsm
Pvg
Hal
Ssm

sab
Bml
bbt
Rpp
Gsb
Rmb
Jmb
Mks
Jmb
Syp
Abd
Pls
Ptm
काठमाडौं । आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । नेपाली सहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै भव्य साथ नयाँ वर्ष मनाइरहेका छन् ।
त्यस्तै ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरुको आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।
यस्तै इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान,सांगीतिक प्रस्तुती लगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
नयाँ वर्ष मनाउन काठमाडौं,पोखरा,नगरकोट, धुलिखेल,चितवनको सौराहा लगायतका स्थानहरुमा मानिसहरु भेला भएर नयाँ वर्ष मनाइरहेका छन् । ती स्थानका होटलहरु भरिभराउ छन् । विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना समेत गरेका छन् ।
