
Jns
Sgp
ksb
Ggp
Lnp
Lks
Rgp
Rgp
Rgp
Dus
Rgp
Asb
lnp
Ggp
Usb

lms

दाङ । भारतमा आयोजित ३० औं अप्पा अवार्डबाट नेपालका उत्कृष्ट उदयमान निर्देशक दाङका विशाल नेपाली सहित अन्य २ जना सम्मानित भएका छन् ।
विगत २ दशकभन्दा बढीदेखि भारतको उत्तर प्रदेशमा कला, सँस्कृति, पर्यटन र सिनेमाको विकास र प्रबर्द्धनमा क्रियाशील ‘उत्तर प्रदेश आर्टिष्ट एकेडेमी’ ले आयोजना गरेको ३० औं अप्पा अवार्डबाट नेपालका उत्कृष्ट उदयमान निर्देशक विशाल नेपाली, उत्कृष्ट सुपर मोडल आयुश खान तथा उत्कृष्ट मोडल सचिन खड्का सम्मानित भएका हुन् ।
शनिवार भारतको उत्तर प्रदेशमा आयोजित विशेष कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री ब्रजेश पाठकले अवार्ड सहित सम्मान गरेका हुन् । यस अवार्डबाट विगतमा भारतीय गीतकार समिर अञ्जान, कलाकारहरु अनिल कपूर, रविना टण्डन, राहुल रोय लगायतका विशिष्ट कलाकारहरु सम्मानित भइसकेका छन् । दाङको लमहीमा जन्मिएका बिशाल नेपाली बिगत लामो समयदेखि आफ्नो कर्मभुमी काठमाडौं बनाउदै सय बढी म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन भने दर्जनौ भन्दा धेरै गितमा मोडेल समेत गरेका छन ।
