
Gsbus
Ssbus
gms
Ratbs
dsbus
Rbs
Pbu
Amb
Bksbus5
Ddhbs
Nssbus7
Csbus
Jsbus
Gsl

Tsm
Pvg
Rgu
Sls
Gst
Ggd
Rgu
Ksm
Sbs
Bbu
Bbbpu
Asm
Ssm
nsb
Rsb
Rgs
Wsp
Hal
Vor

Syp
Pls
Mks
Jmb
Bml
Abd
Rpp
Rmb
Jmb
Ptm
bbt
Gsb
sab
दाङ । दाेस्राे प्याब्सन घाेराही रनिङ सिल्डकाे उपाधि गाेरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलले प्राप्त गरेको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन घाेराही नगर समितिकाे आयाेजनामा सम्पन्न भएको`दाेस्राे प्याब्सन घाेराही रनिङ सिल्ड प्रतियोगिता २०८०´काे उपाधि गाेरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घाेराही दाङले प्राप्त गरेकाे हो । गाेरखाले रनिङ सिल्डमा समावेश खेलहरूमा १२ स्वर्ण पदक, ६ रजत पदक र ५ कास्य पदक सहित रनिङ सिल्डकाे उपाधि चुमेकाे छ ।
त्यस्तै क्रमशः डिभाइन एकेडेमीले ३ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गर्दै उपविजेता भएकाे छ । जनज्योति विद्याश्रमले २ स्वर्ण , ४ रजत र ३ कास्य पदक प्राप्त गरी तृतीय स्थान प्राप्त गरेकाे छ । मेचीकाली सेकेन्डरी स्कुलले २ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गरी सान्त्वना स्थान प्राप्त गरेकाे छ ।
यसैगरी सनराइज एकेडेमी २ स्वर्ण पदक र १ रजत र १ कास्य पदक प्राप्त गरेकाे छ भने स्टार आवासीय माविले २ स्वर्ण,१ रजत पदक प्राप्त गरेकाे छ । सिद्धार्थ एकेडेमीले २ स्वर्ण पदक प्राप्त गरेकाे छ ।
युनिक मिड वेस्टर्नले १ स्वर्ण र २ रजत र २ कास्य पदक प्राप्त गरेकाे छ । ज्याेतिपुञ्ज आवासीय माविले १ स्वर्ण, १ रजत र ४ कास्य पदक प्राप्त गरेकाे छ । ज्याेतिपुञ्ज माेडेलले १ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गरेकाे छ । ज्ञानमाला एकेडेमी १ स्वर्ण,१ रजत र १ कास्य पदक प्राप्त गरेकाे छ । मदन भण्डारीले १ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेकाे छ । राप्ती आवासीय माविले १ स्वर्ण,१ रजत र १ कास्य पदक प्राप्त गरेकाे छ । लाली गुराँस माविले १ स्वर्ण र २ कास्य पदक प्राप्त गरेकाे छ ।
त्यस्तै ज्ञानज्याेति एजुकेसनल एकेडेमीले १ स्वर्ण पदक प्राप्त गरेकाे छ । ग्रेट बुद्ध एकेडेमीले १ स्वर्ण पदक प्राप्त गरेकाे छ । त्यस्तै लिटल एञ्जल माविले ३ रजत र १ कास्य पदक प्राप्त गरेकाे छ । पर्ल एकेडेमीले १ रजत र १ कास्य पदक प्राप्त गरेकाे छ । दिपशीखा माविले ३ कास्य पदक प्राप्त गरेकाे छ ।
मनकामना आवासीय माविले २ कास्य, अर्किड इडेनले १ रजत , हिन्दू विद्यापीठ १ रजत पदक प्राप्त गरेका छन् । अल्फा मावि १ कास्य,रमना पाठशाला १ कास्य , शान्ति सुधा मावि १ कास्य, ज्ञानाेदय १ रजत र १ कास्य, पशुपति विद्याश्रमले १ रजत, शान्ति निकेतन विद्यालयले १ कास्य र अरनिको माविले १ कास्य पदक प्राप्त गरेकाे छ ।
कबड्डीमा उत्कृष्ट खेलाडी लिटल एञ्जलका अनिता चाैधरी र भलिवलमा उत्कृष्ट खेलाडी स्टार माविका राेहन बिक घाेषित भएका थिए । प्यलियर अफ द टुनार्मेन्ट गाेरखा घाेराहीका नरबहादुर बस्नेत र करिना कालाथाेकीले प्राप्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा प्रमुख अतिथि घाेराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चाैधरीले खेल विद्यार्थी जीवनमा पाठ्यक्रमकाे अध्ययन जतिकै आवश्यक रहेकाे बताउनु भएको छ ।
कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख चाैधरीले भन्नु भयो, संस्थागत विद्यालयका विद्यार्थीहरूलाई खेलमा सहभागी गराउने उद्देश्यका साथ प्याब्सन घाेराहीले आयाेजना गरेकाे प्याब्सन रनिङ सिल्ड र उपमहानगरपालिकाले आयाेजना गर्ने राष्ट्रपति रनिङ सिल्डलाई उपमहानगरपालिकाले समान ढङ्गले हेरेकाे र हेर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।´ पढाइसँगै निजी विद्यालयहरूले अतिरिक्त क्रियाकलापमध्ये खेलकुदलाई पनि प्राथमिकताका साथ अगाडि बढाएकाे नगर प्रमुख चाैधरीले आभार प्रकट गर्नु भयो ।
घाेराही उपमहानगरपालिकालाई बालमैत्री नगर घाेषणा गर्न संस्थागत विद्यालयले खेलेकाे भूमिका अविस्मरणीय रहेकाे बताउँदै प्रमुख चाैधरीले खेलकुदकाे विकासमा संस्थागत विद्यालयसँग पनि उपमहानगरपालिका सँगसँगै रहेकाे बताउनु भयो । साथै प्रमुख चाैधरीले स्वास्थ्यका पनि खेल आवश्यक रहेकाे हुँदा यस्ताे आवश्यकता परिपूर्तिका लागि उपमहानगरपालिका निरन्तर सक्रिय रहनुका साथै यस कार्यलाई प्राथमिकतामा राखेकाे बताउनु भयो ।
प्याब्सन घाेराही नगरका अध्यक्ष बिरेन्द्र चन्दले विद्यालय खेलमा गतवर्षभन्दा यसवर्ष उत्साह थपिएकाे बताउनु भयो । साथै उहाँले रनिङ सिल्डलाई सफल बनाउन सदस्य विद्यालयहरू, सहभागी खेलाडी, खेल सम्पन्न बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अफिसियल टिमप्रति आभार प्रकट गर्नु भएको थियो ।
त्यस्तै समुद्घाटन सत्रमा भएकाे मार्च पासमा गाेरखा मावि प्रथम, सिद्धार्थ एकेडेमी द्वतीय, मेचीकाली मावि तृतीय तथ जनज्याेति विद्या मन्दिर र ज्ञानज्याेति एजुकेसनल एकेडेमी सान्त्वना भएका थिए ।
यस्तै समापन कार्यक्रममा प्रिन्सिपलहरूकाे १०० मिटर र खेल प्रशिक्षककाे २०० मिटरकाे दाैड प्रतियोगिता राखिएकाे थियाे । मनकामना सेकेन्डरी प्रथम, अरनिकाे मावि द्वितीय र सनराइज एकेडेमी तृतीय भएका थिए । त्यस्तै खेल शिक्षककाे दाैडमा सनराइज एकेडेमी प्रथम, मनकामना सेकेन्डरी द्वितीय र जनज्याेति विद्या मन्दिर तृतीय भएका थिए ।
प्याब्सन घाेराहीका अध्यक्ष बिरेन्द्र चन्दकाे अध्यक्षता तथा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे उक्त कार्यक्रमकाे संचालन सचिव बालकृष्ण ओलीले गर्नु भएको थियो ।
