
Lnp
Ksbus
Msbus
Ksbus
Rgp
Ggp
Sdc
Ggp
Asbus


दाङ । देउखुरीको राप्ती गाउँपालिका दाङमा सञ्चालित दुई दिने जिल्लास्तरीय कला प्रदर्शनी सम्पन्न भएको छ।
प्रदर्शनीमा मुनलाइट बाेर्डिङ स्कुल लालमटियाकी छात्रा मनिषा पुन मगर प्रथम,माध्यमिक विद्यालय माैरीघाटकी छात्रा स्नेहा चाैधरी द्वितीय ,लिटिल एन्जल बाेर्डिङ स्कुल भालुबाङ्गकी सुरक्षा गिरी तृतीय र माध्यमिक विद्यालय रुपाकाेटकी छात्रा डुमा पुन मगर सान्त्वना भएकी छन्।
साे अवसरमा राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले विभिन्न स्थान ल्याउने विद्यार्थीहरुलाई प्रमाणपत्र सहित स्टेसनरी सामाग्री प्रदान गरि पुरस्कृत गर्नु भएको थियो।
त्यस्तै अध्यक्ष विष्टले कला प्रदर्शनी कार्यक्रमले विद्यार्थीहरुमा रहेको अन्तर निहित प्रतिभाहरु उजागर गर्न सहयोग पुगेकाे समेत बताउनु भयो । कला प्रदर्शनी विष्णु आर्ट सेन्टर घोराहीको आयोजना तथा राप्ती गाउँपालिकाको सहआयोजनामा सम्पन्न भएको थियोे।
स्वच्छ वातावरणका विषयमा विद्यार्थीहरुले चित्र निर्माण गरी प्रदर्शन गरेका थिए । चित्रका माध्यमबाट धेरै कुरा सिक्न सकिने र चित्र बनाउने क्षमताको विकास पनि हुने आयोजकले जनाएको छ । प्रदर्शनीले विद्यार्थीहरुमा रहेको क्षमता बाहिर ल्याउन भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
त्यस्तै विद्यालयमा अध्ययनरत बालबालिका तथा युवाहरूले तयार पारेका तस्बिरहरू कला प्रदर्शनीमा राखिएको आयोजक विष्णु आर्टले जानकारी दिनुभयो ।
बालबालिकाहरूलाई कलम चलाउन सिकाउने, कलर गर्न सिकाउने साथै उनीहरूले बनाएको तस्बिरले दाङ जिल्लाको पहिचान कायम गराउन तथा भविष्यमा राम्रो आर्टिष्ट उत्पादन गर्न कला प्रदर्शनी राखिएको उहाँले बताउनुभयो ।
विद्यार्थीहरूमा रहेको कलाकारिता पहिचान गर्न वृहत् कला प्रदर्शनी राखिएको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास बिकले बताउनुभयो ।
