
Ggp
Pes
Lnp
cjs
pku
sbs
Pbu
Sgr
Djs
Rgp
Gfs
Srbpu
Rgp1
Unsku

Bbu
Pvg
Rgu
Rsb
Hal
Asm
Ssm
Tsm
Ksm
Vor
Sbs
nsb
Ggd
Bbbpu
Rgs
Sls
Gst
Rgu
Wsp

Gsb
Bml
bbt
Mks
Jmb
Jmb
Ptm
Syp
Rmb
Abd
Rpp
Pls
sab
रुकुमपश्चिम । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकाले ५ सैयाको अस्पताल सञ्चालन गरेको छ । नगरपालिकाको चिन्नेबगरमा शहीद स्मृति नगर अस्पताल सञ्चालन गरी नगरवासीलाई सेवा दिन सुरु गरिएको हो ।
अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी सेवा, प्रसुति सेवा, ल्याब सेवा, फार्मेसी सेवा, एक्सरे तथा भिडियो एक्सरे सेवालगायतका सेवाहरु सञ्चालन हुने नगर प्रमुख विशाल शर्माले जानकारी दिए । सरकारवाट प्रदान हुने निःशुल्क तथा सशुल्क औषधि तथा सेवा सुविधा अस्पतालवाट प्राप्त गर्न सकिने उनले बताए ।
स्पताल निर्माणका लागी नगरपालिकाको ११ लाख ५० हजार र कर्णाली प्रदेश सरकारको पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तरगत ६९ लाख ५० हजार गरी कुल ८१ लाख खर्च भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए ।
