
sbs
Lnp
Srbpu
Gfs
Pes
Djs
Unsku
Pbu
Rgp1
Rgp
Ggp
cjs
pku
Sgr

Gst
Bbu
Bbbpu
Rsb
Wsp
Rgu
Ggd
Pvg
Ssm
Asm
Sls
nsb
Hal
Sbs
Rgu
Ksm
Tsm
Vor
Rgs

sab
Jmb
Ptm
Pls
Syp
bbt
Gsb
Mks
Abd
Rmb
Rpp
Jmb
Bml
काठमाडौं । आजभन्दा तीन वर्षअघि रुकुम पश्चिमको सोती गाउँमा अन्तरजातीय विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बन्धित मुद्दामा आज जिल्ला अदालतमा सुनुवाइ हुँदै छ ।
रुकुम पश्चिम अदालत प्रशासनका अनुसार यो मुद्दामा आजदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ । आज सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गर्नेछन् । त्यसप्रति प्रतिवादीहरुका तर्फबाट बहस भएपछि अदालतले फैसला सुनाउने छ । २०७७ जेठ १० गते जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विकले मल्ल थरकी युवती सुष्मालाई बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुग्दा गाउँलेले लखेटेर ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए । शवहरु भेरी नदीमा भेटिएका थिए ।
त्यस्तै सो घटनाबारे छानविन गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको नेतृत्वमा संसदीय समिति गठन गरिएको थियो । सो समितिले सोती घटना नियोजित भएको निष्कर्ष निकालेको थियो ।
यस्तै अन्तरजातीय विवाहको विषयलाई लिएर भएको यो घटनामा संलग्न भएको आरोपमा चौरजहारी नगरपालिका–८ सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत अभियोगमा मुद्दा दायर भएको थियो । घटनाका २३ जना आरोपी पुर्पक्षका लागि कारागारमा छन् । ११ जनालाई भने तारेखमा छाडिएको थियो ।
