
Sgr
Rgp
Srbpu
Pbu
pku
Unsku
Rgp1
Ggp
Lnp

Gst
Ssm
Sbs
Bbu
Wsp
Vor
Rgs
Tsm
Sls
Pvg
Asm
Rgu
Rgu
nsb
Ksm
Hal
Ggd
Bbbpu
Rsb

Bml
Syp
Mks
Jmb
Ptm
Gsb
sab
Rmb
Rpp
Jmb
bbt
Abd
Pls
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४ हडैया स्थित कालिमाइ मन्दिरको ब्यवस्थापन,संरक्षण,उन्नयन र धर्मशाला निर्माण गर्न सोमवार देखि श्रीमद्भागवत धनधान्यान्चल ज्ञान महायज्ञ सुरु गरिएको छ ।
मन्दिर ब्यवस्थापन समिति तथा मुल आयोजक समितिको आयोजनामा सोमवार लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डेले एक समारोहका बिच महायज्ञको उद्घाटन गर्नु भएको हो ।
मुल आयोजक समितिका सचिव बिस्णु अधिकारिको अध्यक्षता र लुम्बिनी प्रदेस सरकारका गृहमन्त्री पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै मुख्य अतिथी पाण्डेले प्रदेश सरकारले धार्मिक, पुरातात्त्विक र प्राचीन महत्वका ईतिहास बोकेका स्थानहरु पहिचान गरि बजेट ब्यवस्थापन गर्ने बताउनु भयो । धनले मानिसलाइ सुख प्राप्ती भएपनि मनको शान्ती र सन्तोषधनले होइन धार्मिक प्रवचन र दान पुण्यबाट मात्र प्राप्त हुने बताउनु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व साम्सद योगेन्द्र चौधरी,गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरी,बुद्धिजीवी समाजसेवी राजेन्द्र चौधरी,नागरिक समाजका उपसंयोजक खगेश्वर शर्मा र मुल कथा वाचक पण्डित बिस्णु प्रसाद गौतम लगायतले सुभकामना दिनु भएको थियो । सो अवसरमा प्रमुख अतिथी पाण्डेले २५ हजार राशी नगद दान गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको हो ।
महायज्ञ कार्तिक २० गतेसम्म सन्चालन हुने र उक्त अवधी भित्र श्रीमद्भागवत कथा वाचन, तुलादान, चौरासी पुजा, ब्रतवन्ध, धनधान्यान्चल र चण्डि तथा रुद्री का कार्यक्रम निरन्तर चल्ने मुल आयोजकले बताएको छ । २०४७ देखि संरक्षण गर्न थालिएको सो मन्दिरको संरक्षण,ब्यवस्थापन ,मन्दिर र धर्मशाला निर्माण तथा अक्षयकोष स्थापनार्थ महायज्ञ आरम्भ गरिएको र सबै भक्तजनहरुलाइ सहयोगका लागि अनुरोध गरिएको आयोजकले जनाएको छ ।

