ओमप्रकाश गुप्ता आइतबार, कार्तिक १२, २०८०

दाङ । राप्तीका उद्योगी तथा उद्यमी संग अनुभव, भाेगाई र समस्या लगायतका बिषयमा छलफल तथा शुभकामना आदान-प्रदान कार्यक्रम शनिबार दाङ-देउखुरीकाे हाेटेल पाैवा भालुवाङमा सम्पन्न भएकाे छ ।

राप्ती उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष तथा वर्तमान बरिष्ठ सदस्य एवम् बरिष्ठ उद्योगपति, समाजिक व्यक्तित्व जगतप्रसाद पाेख्रेलकाे व्यक्तिगत आयाेजनामा उक्त अनुभव, भाेगाई र समस्या लगायतका बिषयमा छलफल तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

बिगत लामाे समयदेखि देउखुरीमा विभिन्न उद्योगहरू सञ्चालनमा ल्याएर सयाैँलाई राेजगार समेत प्रदान गर्दै औधाैगिक क्रान्तिमा जुट्नु भएका जगतप्रसाद पाेख्रेलले स्वदेश तथा विदेशमा उद्यमी र उद्योग सञ्चालनका बिषयमा हासिल गर्नु भएकाे अनुभव र भाेगाई लगायतका बिषयमा जानकारी गराउनुका साथै सहभागी उद्योगी तथा उद्यमीहरूमा प्रेरणा र उर्जा प्रदान गरेका थिए ।

साे अवसरमा सहभागी उद्योगी तथा उद्यमी र कृषकहरूले अहिले सम्मकाे आफ्नाे भाेगाई, अनुभव, समस्या र राज्यले प्रदान गर्दै आईरहेकाे सेवा सुविधामा कृषकहरूकाे पहुच, लाभ लगायतका बिषयमा आ-आफ्नाे भनाई राख्नु भएकाे थियाे ।

कार्यक्रममा राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष सुरज खड्का, सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बुढाथाेकी, बरिष्ठ उद्योगी तथा समाजसेवी गञ्जबहादुर बिष्ट, राप्ती फिड इण्डस्ट्रिजका इश्वरीप्रसाद श्रेष्ठ, भुमी इण्डस्ट्रिजका सन्दिप श्रेष्ठ, माउण्टेल वाटरका सञ्चालक मानसिंह पुन, उद्योगीहरू सितल रिजाल, इश्वरीप्रसाद भण्डारी, बसन्त आचार्य, रेशमबहादुर खड्का, सितल रिजाल, बासुदेव न्याैपाने, बरिष्ठ कृषि उद्यमीहरू शंकर गाैतम, किरण भण्डारी, शरद शर्मा, तिर्थराज ज्ञवाली, रामबहादुर चौधरी, बालकृष्ण पोख्रेल,पत्रकार सन्ताेषकुमार गुप्ता र ओमप्रकाश गुप्ता लगायतकाे विशेष उपस्थिति रहेकाे थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]