
Unsku
Rgp1
Ggp
Pbu
Rgp
pku
Srbpu
Sgr
Lnp

Ksm
Asm
Pvg
Rgu
Gst
Bbbpu
nsb
Hal
Sbs
Ggd
Rgs
Vor
Rgu
Rsb
Bbu
Wsp
Ssm
Sls
Tsm

Mks
Jmb
Rpp
Ptm
sab
Rmb
Pls
Gsb
Abd
bbt
Syp
Jmb
Bml
दाङ । राप्ती गाउँपालिकाको भालुवाङ क्षेत्र बाट पुनः २ जना सहयोगापेक्षी सडक मानवहरूकाे उद्धार गरिएको छ।
आईतवार बेलुकी भालुवाङ र पाखापानी क्षेत्र बाट १/१ जना पुरूष सहयोगापेक्षी सडक मानवको उद्धार गरिएको निलसागर सेवा आश्रम दाङका कार्यवाहक अध्यक्ष गरिवु चाैधरीले जानकारी दिनुभएको छ।
राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का र आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासेको पहल तथा समन्वयमा उनीहरूलाई उद्धार गरि आश्रमको कार्यालय राप्ती गाउँपालिका -८ पिपरीमा राखिएको छ । काेही पनि मानिसहरू खाना,छाना र नानाबाट बन्चित हुन नपरोस् भन्ने उदेश्यले देउखुरी क्षेत्र लाई सहयोगापेक्षी सडक मानव मुक्त घाेषणा गर्ने गरि मानव उद्वारकाे अभियान सञ्चालन गरिएको आश्रमका कार्यवाहक अध्यक्ष चाैधरीले बताउनुभयो ।
आश्रमले एक हप्ताको अवधिमा राप्ती गाउँपालिका र लमही नगरपालिकाका विभिन्न स्थान बाट २ महिला सहित ९ जनाकाे उद्धार गरेको छ। उद्धार गरिएका अधिकाशं भारतिय मूलका रहेको आश्रमका कार्यवाहक अध्यक्ष चाैधरीले जानकारी दिनु भएको छ । कार्यवाहक अध्यक्ष चाैधरीले कही कतै त्यस प्रकारका व्यक्ति देखेकाे खण्डमा तत्काल आफूलाई ९८४७४५८०४४ मा सम्पर्क गरी जानकारी गराउन समेत सम्पूर्णमा अनुरोध गर्नु भएको छ।
