Sidha Patra सोमबार, कार्तिक ०३, २०७७

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले यो वर्षको दशैंमा आफूले नयाँ कपडा उपहार पाएकोमा खुशी व्यक्त गर्नु भएको छ ।

सम्भवतः ४५ वर्षपछि आफूले दशैंमा नयाँ कपडा पाएको बताउनु भयो । उहाँले सामाजिक सञ्जाल फेसबुमा लेख्दै ४ ५ वर्षपछि मैले दशैमा नयाँ कपडा पाएको हो  । यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् ।  पुरानो जडौरी होइन ।’

उहाँको आफ्नो जिन्दगीको यो दोस्रो नयाँ सुट भएको समेत बताउनु भएको छ । उहाँका जुत्ता भने ६ वर्ष पुरानो नै भएको जनाउनु भएको छ  ।

‘धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनु भएको थियो,अब कचकच गर्ने साथीहरु चुप लाग्नुहोस्’, उहाँले फेसबुकमा लेख्नु भएको छ ।  आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरेँ ।’
उहाँले दशैंका बेला नयाँ कपडा कहाँबाट आयो भनेर नसोध्न समेत सबैमा आग्रह गर्नु भएको छ । केही महिनापछि यस विषयमा आफैले बताउने समेत जनाकारी दिनु भयो ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु: शिवराज पन्थी,सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल,सम्बाददाताहरु: टोपेन्द्र खनाल, इराधा झाक्री मगर,शिव बस्नेत,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]