Sidha Patra बिहिबार, आश्विन ११, २०८०

दाङ । देउखुरी बहुमुखी क्याम्पस लमहीबाट निलम्बित क्याम्पस प्रमुख शेषमणी गाैतम समितिको निर्णय बिना क्याम्पसमा हाजिर भएको प्रति नेपाल कम्युनिस्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

पार्टीका दाङ जिल्ला क्षेत्र नम्बर ३ का सेक्रेटरी अल्फा सि.ले एक विज्ञप्ति जारी गरि सो ध्यानाकर्षण गराएका हुन् । पूर्व क्याम्पस प्रमुख गौतमले एक छात्रा माथि बलात्कार गरेको आरोपमा मुद्धा दर्ता भई जेल चलान भएको अवस्थामा राजनैतिक, आर्थिक चलखेलको कारण अदालतबाट मुद्धा सफाई पाएको र निज गौतम कारागारबाट छुटेर अदालतको फैसलाको पूर्णपाठ नआउँदै व्यवस्थापन समितिलाई समेत बेवास्ता गरी क्याम्पस सञ्चालक समितिको निर्णय बिना नै विधि प्रकृया विपरित हाजिर भएको विज्ञप्तिमा उल्लेख छ ।

साथै बलात्कृत भनिएकी छात्राले न्याय नपाएको अवस्थामा यस्तो गतिविधि प्रदर्शन नगर्न सम्बन्धी पक्षलाई पार्टीले चेतावनी दिदै आम विद्यार्थी अभिभावक, मानव अधिकारवादी, नागरिक समाज र सचेत जनतालाई सत्य तथ्य पत्ता लगाउन अनुरोध समेत गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]