
Gsl
dsbus
Amb
syysr
Rbs
Bksbus5
Nssbus7
Ddhbs
Syees
Gsbus
Pbu
Jsbus
Ssbus
Csbus
Ratbs
gms

Rsb
Asm
Pvg
Ssm
Rgu
Bbbpu
Ggd
Bbu
Vor
nsb
Tsm
Hal
Sls
Rgu
Gst
Rgs
Sbs
Wsp
Ksm

Mks
sab
Ptm
Pls
Rpp
Jmb
Syp
Gsb
Bml
bbt
Jmb
Rmb
Abd
दाङ । पत्रकार सन्तोषकुमार गुप्ता, गायक तथा मोडेल श्रीधर कडेल र टिकटक स्टार सिर्जना सुनारको बिशेष अभिनय रहेको पहिलो आधुनिक गीत ‘बाँचु म कसरी’ आज मंगलबार सार्वजनिक भएको छ ।
दाङ जिल्लामा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएका पत्रकार सन्तोषकुमार गुप्ता र नव उदोउँदो दंगाली गायक तथा मोडेल श्रीधर कडेल र प्यूठानी टिकटक स्टार सिर्जना सुनारको बिशेष अभिनय रहेको पहिलो आधुनिक गीत ‘बाँचु म कसरी’ सार्वजनिक भएको हो ।
दाङ—देउखुरीको राप्ती गाउँपालिका—१, पाखापानी निवासी चर्चित गायक तथा मोडेल श्रीधर कडेल र दाङ—देउखुरीकै सिसहनियाँ निवासी पत्रकार सन्तोषकुमार गुप्ता र प्यूठानी टिकटक स्टार सिर्जना सुनारले अभिनय गरेको ‘बाँचु म कसरी’ बोलको आधुनिक गीत शुभम् सङ्गित नामक युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
दिनेशकुमार रोकाको शब्द र गायक सन्तोष रुचालको स्वर तथा सङ्गीत रहेको सो गीतलाई नरेन्द्र बियोगीले एरेन्ज गरेका हुन् । पिक रेकर्डिङ स्टुडियोे काठमाडौँमा गीत रेकर्ड गरिएको उक्त गीतको भिडियोमा पत्रकार सन्तोषकुमार गुप्ता, गायक तथा मोडेल श्रीधर कडेल र प्यूठानी टिकटक स्टार सिर्जना सुनारको बिशेष अभिनय रहेको छ । उक्त भिडियोको निर्देशन/छायांकन/इडिटिङ दिनेश मुस्कानले गर्नु भएको छ । त्यस्तै उक्त म्युजिक भिडियोको डि सिनेमा आर्टले दृश्य निर्माण गरेको छ ।
उक्त म्युजिक भिडियोमा सामाजिक बिषयबस्तुलाई गीत र अभिनयको माध्यमबाट समेटिएको छ । भिडियोमा एक धनाडे व्यक्ति प्रेमजालमा परेर कसरी रोडछाप हुन्छन् त ? भन्ने बिषयबस्तुलाई बिशेष चित्रण गर्न खोजिएको देखिन्छ । एउटा धनाडे ब्यक्तिलाई एक व्यक्तिले केटी प्रयोग गरी कसरी सडक छाप बनाउँछ, भन्ने बिषयबस्तु उक्त म्युजिक भिडियोमा देखाइएको छ । होटेल पौवाबाट शुरु भएको उक्त धनाडे व्यक्तिको जीवन शैली कसरी रेक्सा चलाउने अवस्था सम्म आइपुग्छ, भन्ने बिषयलाई भिडियोले केन्द्रित गरेको छ । म्युजिक भिडियोमा अभिनयको पाटोलाई महत्वका साथ प्रस्तुत गरिएको छ ।
भिडियोमा अभिनयद्धारा अहिलेको सामाजिक बिकृतिलाई समेटेर दर्शकहरुलाई म्युजिक भिडियोको माध्यमबाट सन्देश दिन खोजिएको छ ।
म्युजिक भिडियोको पहिलो भुमिकामा रहनु भएका पत्रकार सन्तोषकुमार गुप्ता विगत लामो समय देखि दाङ—देउखुरीको पूर्व देउखुरी तथा राजधानीक्षेत्रलाई आधार बनाएर पत्रकारिता गर्दै आउनु भएको छ । गुप्ताले दाङ—देउखुरीमा रहेर भष्ट्रचार, अन्याय र अत्यचारका बिरुद्ध कलम चलाउँदै आउनु भएको छ । गुप्ता हाल देउखुरी टुडे डटकमको अध्यक्ष तथा प्रधानसम्पादक रहनु भएको छ भने बागमति टेलिभिजन लुम्बिनी प्रदेश ब्यूरो प्रमुख हुँदै हाल काठमाडौँबाट प्रसारण भइरहेको सेटालाइट टेलिभिजन टिभी टुडे संगै दाङबाट प्रकाशन हुने गणतन्त्र राष्ट्रिय दैनिक घोराही, कपिलबस्तुको बुद्ध आवाज टेलिभिजन र नेपालगञ्जको जि नेपाल न्युज फोर के टेलिभिजनमा समेत आबद्ध रहेर काम गर्दै आउनु भएको छ ।
त्यस्तै म्युजिक भिडियोको बिशेष भुमिकामा रहनु भएका दाङ देउखुरी स्थीत पाखापानीको उर्वर भूमिमा जन्मिएर नेपालको अधिकांश भु—भागमा प्रतिनिधित्व गरिसकेका कलाकार श्रीधर कडेललाई स्वदेश तथा विदेशमा रहेका नेपालीले रुचाएका कलाकार भित्र पर्नु हुन्छ । स्वरमा मात्र हैन शब्द संगीत र अभिनयमा समेत अब्बल क्षमता भएका कलाकार कडेलले आधा दर्जन बढी गीतहरु बजारमा ल्याइसक्नु भएको छ । त्यस्तै कडेल कलाकारिता संगै पछिल्लो समयमा पत्रकारितामा समेत सक्रिय रहनु भएको छ । उहाँ हाल देउखुरी टुडे डटकम, बागमति टेलिभिजन र बुद्ध आवाज टेलिभिजनमा आबद्ध रहेर काम गर्दै आउनु भएको छ । कडेलले आफ्नो कलाकारिताको शुरुवात चर्चित गायिका राधिका हमाल संगको स्वरमा र अहिलेकी चर्चित मोडेल करिष्मा ढकाल संग अभिनय रहेको “सोल्टिनी भेट भयो” बोलको लोक गीत बजारमा ल्याउनु भएको थियो ।
त्यस्तै उक्त म्युजिक भिडियोको बिशेष भुमिकामा रहनु भएकी टिकटक स्टार सिर्जना परियार पछिल्लो समय टिकटकमा छाएकी कलाकार हुन् । टिकटकबाट चर्चा कमाउन सफल भएकी परियारले पछिल्लो समय गाउँघरमा हुने सांस्कृतिक कार्यक्रममा समेत निकै चर्चा पाउने गर्नु भएको छ । प्यूठानको स्वर्गद्धारी नगरपालिका—९, दिबाङ, जुरापाटामा जन्मिएकी १८ बर्षीय सिर्जना हाल श्री बिद्यायनन्द मावि जुरापाटा कक्षा १० मा अध्ययनरत रहनु भएको छ । उहाँ सानैदेखि कलाकारितामा रुची देखाउँदै आएको उहाँको परिवारले बताएको छ । उहाँ स्कुल र गाउँघरमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिनेेेेेेेेेेे तथा आफ्नो प्रतिभा प्रस्तुत गर्दै आउनु भएको छ । सो गीतको दुई दिन लगाएर देउखुरीका विभिन्न एक दर्जन ठाउँहरुमा छायांकन गरिएको थियो ।
