प्रिया स्मृति गजमेर/लमही मंगलबार, भाद्र २६, २०८०

दाङ । जिल्ला स्वास्थ्य कार्यालय दाङले डेंगु रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि लमहीका सरोकारवालाहरुसंग अभिमुखिकरण कार्यक्रम गरेको छ ।

जिल्लामा डेंगु रोग निरन्तर उकालो लाग्न थालेपछि स्वस्थ्य कार्यालय दाङले दाङका सबै पालिकासंग अभिमुखिकरण कार्य गर्दै आएको स्वस्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले डेंगु प्रभावित क्षेत्रको पहिचान गरि लार्भा नष्ट गर्ने तर्फ सबै लाग्नु पर्ने बताउनु भयो ।

स्वास्थ्यकर्मीको टोलीसंग लमही बजारको अनुगमनमा पुग्नु भएका कार्यबाहक नगर प्रमुख योगीले बजार क्षेत्र उच्च जोखिममा रहेको भन्दै यस तर्फ आफू बच्ने र अरुलाई पनि बचाउने विषयमा सबैले चासो राख्नु पर्ने उहाँको भनाई छ ।

पानी जम्ने ठाउँ डेंगुको बस्ने मुख्य बासस्थान भएकोले ती ठाउँमा पानी जम्न नदिन, फोहोर राम्रोसँग व्यवस्थापन गर्न सम्पूर्ण नगरबासीमा अनुरोध गर्नु भएको छ ।

स्वास्थ्य टोली सहित बजार अनुगमनमा गएको टोलीले बजार क्षेत्रमा डेंगुका लार्भा थुप्रै लार्भा भेटिएको जनाएको छ । गाडीका टायरमा जमेको फोहोर पानी ती लार्भा भेटिएकोजजलमही नगरपालिका स्वास्थ्य शाखाग प्रमुख नारायण प्रसाद शर्माले जानकारी दिनु भयो । स्वास्थ्य कार्यालय र नगरपालिकाको एकल प्रयासमा मात्र डेंगु रोग नियन्त्रण हुँदैन,सम्पूर्ण पालिकाबासीहरुको पनि सहयोग रहनु पर्छ”- शर्माले भन्नू भयो ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका कार्यक्रम अधिकृत किशोर आचार्यले डेंगु रोग नियन्त्रण गर्न सबैको सहयोगको खाँचोरहेको बताउनु भयो । आफ्नो घरवरपर सफा राख्ने मुख्य कुरा रहेको उहाँको भनाई छ ।

कार्यक्रममा जनप्रतिनिधि,महिला स्वयंसेविका, उद्योगी व्यवसायी,सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो । स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले डेंगु रोगका बारेमा जानकारी गराउनु भएको थियो भने बामदेव शर्माले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालय दाङको आयोजना एवम् लमही नगरपालिकाको संयोजनमा कार्यक्रम भएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]