
Nssbus7
Gsl
Ssbus
Syees
gms
Pbu
Bksbus5
Amb
syysr
Csbus
Rbs
dsbus
Jsbus
Gsbus
Ddhbs
Ratbs

Pvg
Tsm
Sbs
Rsb
Bbu
Bbbpu
Rgu
Ssm
Hal
Ksm
Asm
Gst
Ggd
Sls
Vor
Wsp
nsb
Rgu
Rgs

sab
Bml
Mks
Abd
Syp
Jmb
Gsb
Rmb
Rpp
Ptm
Pls
Jmb
bbt
दाङ । घोराही –१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।
गुरुकुलमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुको आयोजनामा विद्यालयको प्रांगनमा एक कार्यक्रमका बीच ११ कक्षाका विद्यार्थीहरुलाई स्वागत गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा १२ का छात्र प्रबेश घिमिरेको सभापति एवं विद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि घिमिरेले राम्रा र नराम्रा पक्षलाई विद्यालयले ग्रहण गर्दै आगामी दिनमा विद्यालयलाई थप व्यवस्थित र शैक्षिक गुणस्तरीयमा नयाँ ढंगले अगाडि बढाउने बताउनुभयो ।
गुरुकुललाई गुरुकुल जस्तै बनाउन आफूहरुले योजनावद्द तरिकाले अगाडि बढाइरहेको भन्दै प्रमुख अतिथि घिमिरेले विद्यालयमा गुरुहरुबाट आर्जन गरेका ज्ञान र सीपलाई विद्यार्थीहरुले आ–आफ्नो क्षमताको आधारमा आत्मसात गर्दै अगाडि बढ्नुपर्ने र गुरुबाट आर्जन गरेका कुरालाई व्यवहारमा पनि लागू गरी समाज रुपान्तरणमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थीहरुलाई शुभकामना मन्तव्य दिँदै स्वागत हुनु एक रमाइलो क्षण महसुस हुने र उच्च शिक्षाको लागि नँया खुड्किलामा सुरुवात भएको र त्यो आफैमा महत्त्वपूर्ण रहने बताएका थिए । उच्च शिक्षा विद्यालय तहभन्दा अप्ठ्यारो र जटिल हुनेभएकाले आगामी दिनमा विद्यार्थीहरुले अझै मेहनतसँगै संघर्ष गर्नुपर्ने र दुई वर्षभित्र कलेजमा गुरुहरुबाट सिकेका र प्राप्त गरेका ज्ञानका कुरा व्यवहारिकतासँग जोडेर लैजानुपर्ने बोल्ने वक्ताहरूको भनाइ थियो।
कक्षा १२ का छात्रा सजना पौडेलले गर्दै पछिल्लो दुई वर्षमा गुरुहरुले सिकाएका कुरा अमुल्य हुने र विद्यालयका राम्रा पक्षले आफूहरूको सफलताका लागि आगामी दिनमा थप उर्जा मिल्ने बताइन । उनले कलेजमा गुरुहरुबाट सिकेका र आर्जन गरेका सीप, ज्ञान र प्रेरणाले आफूहरूको करिअर बनाउनका लागि महत्त्वपूर्ण योगदानमा सहयोग पु¥याउने र विद्यालयको सिर सधै उचो बनाउने कुरामा जोड दिइन । कार्यक्रमलाई थप व्यवस्थित र रमणीय बनाउनका लागि विद्यार्थीहरुले फरकफरक नृत्य प्रस्तुत गरेका थिए ।
त्यस्तै कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक डा कृष्णराज डिसि,विद्यालयका सह–प्रध्यानाध्यापक मुकुन्द गिरि, विद्यालयका प्लसटुका संयोजक निमानन्द गैरे,ब्यबस्थापन संयोजक डम्बर रावत, विज्ञान संयोजक अजय शाह, शिक्षकहरु विवेक देबकोटा,महाविर घर्ती लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कक्षा १२ कि विज्ञान संकायकि छात्रा सजना पौडेलको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण कक्षा १२ छात्रा स्वीकृति आचार्य , मुना घर्ती र छात्र रबिन्स भुषाल र रोशन पौडेलले गरेका थिय भने नेपाली बिषयका बिभागिय प्रमुख तथा परीक्षा संयोजक विवेक देबकोटाको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
