Sidha Patra बुधबार, साउन १७, २०८०

धनगढी । मंगलबार वडा प्रहरी कार्यालय धनगढीलाई बसपार्कको कलेल होटलमा जुुवातास भइरहेको सूचना प्राप्त भयो । वडा प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले होटलमा छापा हानेर सञ्चालक तेजबहादुर सहितका १० जनालाई समात्यो ।

वडाको टोलीले कलेल होटलमा छापा हानेर नियन्त्रणमा लिइएकाहरु निर्वाचित जनप्रतिनिधि, कर्मचारी र विभिन्न राजनीतिक दलका प्रदेश स्तरका नेतासमेत रहेको खुलेको छ । सुुरुमा प्रहरीलाई समेत गलत परिचय र ठेगाना बताएका उनीहरुको फोटो सार्वजनिक भएपछि पहिचान खुलेको हो ।

प्रहरीकाअनुुुसार पक्राउ परेकामध्ये योगेन्द्र ठकुल्ला डोटीको पूर्वीचौकी गाउँपालिका-२ का वडाध्यक्ष हुन् भने खड्क साउँद पूर्वीचौकी गाउँपालिका-५ का वडाध्यक्ष रहेको खुलेको छ।

यस्तै प्रहरीले देवबहादुर खड्का भनेर सार्वजनिक गरेका व्यक्ति एकीकृत समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य देवलाल खड्का रहेको पाइएको छ भने धनबहादुर विष्ट माओदावी केन्द्र्का प्रदेश कमिटी सदस्यहुन् ।

त्यस्तै गोदावरी नगरपालिका-३ बस्ने भनिएका कुवेर खड्का पूर्वीचौकी गाउँपालिका-७ का स्थानीय हुन् भने उनी नेपाली कांग्रेसको पूर्वजिल्ला सदस्य हुन् । सुजित खड्का सिलगढी खानोपनी तथा सरसफाइका कर्मचारी रहेको खुलेको छ ।पुरन बहादुर खड्का पनि शिक्षक भएको बताइएको छ । उनीहरुसँगै डोटीकै अन्य तीन जना कार्यकर्ता पनि कलेल होटलमा जुवातास खेलिरहेका थिए । प्रहरीले उनीहरुको साथबाट एक लाख चार हजार नगद र तासको गड्डी बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले पक्राउ परेका विरुद्ध बुधबार मुद्दा दर्ता गरेर कानुनी कारबाहीको प्रक्रिया अघि बडाइने जानकारी दिए । तर वडा प्रहरीले छापा हानेर जुवाडे पक्राउ गरेको होटल कलेलले विगतदेखि नै जुवातास खेलाउने गरेको स्थानीय बताउँछन् ।

खासगरी बसपार्क प्रहरीको संरक्षणमा जुवातास खेलाउने कलेलसहितका केही होटलबाट प्रहरीले हप्तासमेत असुल्ने गरेको आरोप छ ।श्रोत अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]