
Lnp
Sdc
Ksbus
Asbus
Ksbus
Ggp
Ggp
Msbus
Rgp


दाङ । देउखुरीको लमही नगरपालिका स्तरिय स्वास्थ्य संस्था व्यवस्थापन संचालन कार्यविधि पास भएको छ । बुधबार बसेकाे लमही नगरपालिका नगर कार्यपालिका बैठकले लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षमा स्वास्थ्य संस्था व्यवस्थापन संचालनकाे लागि एघार सदस्यीय समिति गठन गर्ने गरि कार्यविधि पास गरेको लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीले जानकारी दिनु भयो ।
बैठकले सुत्केरी आमासंग उपमेयर कार्यक्रम कार्यविधि, प्रयाेगशाला विस्तार सम्बन्धि कार्यविधि,आयुर्वेद संचालन तथा व्यवस्थापन कार्यविधि पास गरेको प्रवक्ता केसीले जानकारी दिनु भएको हो ।
यस्तो बैठकले महिला बालबालिका तथा जेष्ठ नागरिक अपांगता सम्बन्धि बाल सञ्जाल गठन कार्यविधि,लैङ्गकि हिंसा निवारण काेष संचालन सम्बन्धि कार्यविधि, अपांगतम सञ्जाल गठन तथा संचालन कार्यविधि,जेष्ठ नागरिक सञ्जाल गठन तथा संचालन कार्यविधि र अल्पकालीन सेवा केन्द्र संचालन कार्यविधि पास गरेकाे प्रवक्ता केसीले जानकारी दिनु भयो ।
