
Ksbus
Asbus
Ksbus
Lnp
Sdc
Msbus
Ggp
Rgp
Ggp


जब पश्चिममा नित्सेले
ईश्वरको मृत्युको घोषणा गरे
विसङ्गतिवादीहरु
जीवनलाई तब विसङ्गत देखे
मानव नचाही जन्मन्छ
नचाही मर्दछ भने ।
उत्तरआधुनिकतावादी
भन्दछन् परम्परा तोड
साइबर युगमा हिँड।
केद्रीयसत्तालाई भत्काऊ
स्थानीय स्वायत्तता लागू गर
उत्तरआधुनिकतावादीहरुले भनेझैँ
केही कुरा समाजमा भए
तर वास्तवमा वर्गीय विभाजन
हटेनन्।
प्रगतिवादी भन्छन्
समाजमा समानता कायम गर।
समाजवाद भन्छ
व्यक्तिगत पुँजी होइन
पुँजी सरकारीकरण गर।
तर विडम्बना समाजवादले भनेको
पुँजीवादले मान्दैन मान्ने कुरा पनि भएन।
जसले जसरी जुन कुरा गरे पनि
प्रमुख कुरा मानव कल्याण हो
जबसम्म मानव कल्याण हुन्न
तबसम्म समाज अस्तव्यस्त हुन्छ
गाँस बास कपास शिक्षा स्वास्थ्य रोजगार
चाहिएको छ तर ती नहुँदा
युवा पलायन भइरहेछन्
अब वादको पछि होइन
गासको पछि लाग्ने दिन आइरहेछ।
जब सबैले गाँस पाउनेछन् तब समाजमा अराजकता केही मथ्थर भएर जानेछ ।
जब शिक्षा स्वास्थ्य नि:शूल्क हुनेछ अनि तब मात्र मानवलाई ठूलो राहत महसुस हुनेछ।
त्यसैले जुन वादले जे भने पनि
हामीलाई गासबाद कपासवाद शिक्षावाद
स्वास्थ्यवाद रोजगारवाद चाहिएको छ
अब यी नया वादहरु कसले सिर्जना गर्ने !
तेजप्रसाद खनाल
लमही दाङ
