
Msbus
Sdc
Ksbus
Ggp
Ksbus
Rgp
Lnp
Ggp
Asbus

दाङ । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित गोरखा आइडल स्कूलको आयोजनामा विद्यालयका अभिभावकहरुलाई शनिबार एक दिने प्रशिक्षण कार्यक्रम प्रदान गरिएको छ।
विद्यालय कार्यसमितिका सदस्य लोकमान रिजालको सभापतित्व तर प्रिन्सिपल बसन्त पुनको सञ्चालनमा भएकोे प्रशिक्षणमा खगेन्द्रपदमा ट्रेनिङ एण्ड काउन्सिलिङ सेन्टर काठमान्डौंका प्रबंधक निर्देशक पुरुषत्तम गौतमले प्रशिक्षण दिनू भएको थियो।
विद्यालयका छात्रछात्राहरुको गुणस्तरीय शिक्षा, अनुशासन र दक्षता हासिल गर्नका लागि अभिभावकहरुको पनि महत्वपूर्ण भूमिका रहने भएकोले यस प्रकारका कार्यक्रमका आयोजना गरिएको कार्यक्रमका सभापति तथा कार्यसमिति सदस्य रिजालले बताउनु भयो।
तीन सय बढी अभिभावकहरुको सहभागिता रहेको उक्त प्रशिक्षणमा अधिकांस महिला अभिभावकहरुको सहभागिता रहेको थियो । उक्त गोरखा आइडल स्कूलले स्थापनाकालको तेश्रो शैक्षिक क्षेत्रमै नर्सरीदेखि कक्षा दशमा अध्यापन गराइरहेको छ । राप्ती गाउँपालिकाको सभाहल मसुरियामा भएकोे उक्त प्रशिक्षणमा सभ्य दृश्य प्रणाली विधिद्वारा प्रशिक्षण दिएको थियो ।
