
Rgp
Srbpu
Sgr
Pbu
Lnp
Djs
Ggp
Pes
Rgp1
Unsku
cjs
pku
Gfs
sbs

Wsp
Rgu
Ksm
Ggd
Tsm
Asm
Ssm
Sls
Bbu
Sbs
Rgs
Bbbpu
Gst
nsb
Vor
Rgu
Rsb
Pvg
Hal

Jmb
Rpp
Ptm
sab
Syp
Bml
Mks
Pls
Jmb
Rmb
Gsb
bbt
Abd
काठमाडौं । बिना जाँच करिब एक सय केजी सुन बाहिरिएपछि भन्सार विभागले छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
त्यस्तै समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । करिब एक सय केजी सुन भन्सार विभागको कार्यक्षेत्रबाट बाहिरिएपछि विभागका महानिर्देशक शोभाकान्त पौडेलले छानबिन समिति गठन गर्नुभएको हो ।
यस्तै बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् ।
