Sidha Patra सोमबार, आश्विन २६, २०७७

दाङ । दाङमा पशुचौपायामा नयाँ भाइरस देखिएको छ । नेपालका अन्य जिल्लामा समेत देखा परेको ‘लम्पी स्किन’ नामको भाइरस गाई भैंसीमा देखा परेको हो । दाङको राप्ती गाउँपालिकामा यो भाइरस देखा परेको गाउँपालिका पशु सेवा शाखाका प्रमुख शेरबहादुर हमालले बताउनुभयो ।

उहाँका अनुसार यो लम्पी स्किन नामको भाइरस गाई, भैंसीमा देखा परेको र तिनीहरुबाट जन्मिएका बाच्छाबाच्छी सर्ने गरेको छ । यो भाइरस पशु सेवा शाखाको पहलमा मात्र नियन्त्रण गर्न नसकिने भएकोले भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङलाई जानकारी गरी सहयोग गर्न अनुरोध गरिएको प्रमुख हमालले बताउनुभयो ।

यो रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने,ज्वरो आउने,खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छोड्ने समस्या देखिने र अन्तिममा मृत्यु समेत हुने हमालले जानकारी दिनुभयो । यस भाइरसको नेपालमा औषधि नभएको भन्दै उहाँले किसानलाई भाइरसबाट गाई, भैंसी बचाउन पहिले नै सतर्क रहन समेत आग्रह गर्नुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]