Sidha Patra बिहिबार, आषाढ २८, २०८०

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सम्भावित मनसुनजन्य क्षति न्यूनीकरण र उद्धारका लागि जनशक्ति तथा उपकरण तयारी अवस्थामा राखेको छ ।

सशस्त्र प्रहरीले डोजर, लोडर गरी १३ वटा हेभि इक्यूपमेन्टलाई प्रधान कार्यालयसहित कोशीको बराह बाहिनी सुनसरी,महेश्वरी बाहिनी सुर्खेत, बैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, विपद् उद्धार उपत्यका गण काठमाडौं र कालिका गण कास्कीमा तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए । यस्तै कोशीको सुनसरीदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म ३१ जिल्लाका ४४ वटा सशस्त्र प्रहरी बल नेपालको युनिटमा १ सय ७ वटा मोटरबोट र र्‍याफ्टबोट र १४ जिल्लाका १७ वटा सशस्त्र प्रहरी बल नेपालका युनिटमा ३३ वटा डिजास्टर रिलिफ सिस्टम (डीआरएस) कन्टेनरसमेत तयारी हालतमा राखिएको उनले बताए ।

त्यस्तै,८ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स तथा जनशक्तिसहित बराह बाहिनी सुनसरी, छिन्नमस्ता बाहिनी महोत्तरी,मुक्तिनाथ बाहिनी कास्की, विन्ध्यावासिनी रुपन्देही,महेश्वरी बाहिनी सुर्खेत, बैद्यनाथ बाहिनी कैलाली,विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद उद्धार उपत्यका गण काठमाडौंमा तयारी अवस्थामा राखेको सशस्र प्रहरीले जनाएको छ ।

डीएसपी थापाका अनुसार ‘ए’ क्लासका ८ वटा एम्बुलेन्स बराह बाहिनी सुनसरी,छिन्नमस्ता बाहिनी महोत्तरी, मुक्तिनाथ बाहिनी कास्की,महेश्वरी बाहिनी सुर्खेत,बैद्यनाथ बाहिनी कैलाली,नेपाल एपीएफ अस्पताल बलम्बु,क्षेत्रीय अस्पताल बाँके र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा तयारी अवस्थामा रखिएको छ । सशस्त्रले विपद व्यवस्थापन तालिम प्राप्त गोताखोर आवश्यक उपकरणसहित सातै वटा प्रदेशमा रहेका सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालय,विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् उद्धार उपत्यका गण काठमाडौंमा परिचालन गरेको डीएसपी थापाले बताए ।

सातै प्रदेशमा रहेका बाहिनी मुख्यालय, पशुपतिनाथ बाहिनी काठमाडौं, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, विपद् उद्धार उपत्यका गण काठमाडौं, रेस्क्यु टावर फेवाताल कास्की र रेस्क्यु टावर नारायणी नदी किनार चितवन, विपद् व्यवस्थापन बेसहरू मुलघाट धनकुटा,निजगढ बारा, आदमघाट धादिङ,बेनी म्याग्दी,भालुबाङ दाङ, चिप्ले सुर्खेत र अमरगढी डडेलधुरामा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन टोली आवश्यक उपकरणसहित खटिएको डीएसपी थापाले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]