
Srbpu
sbs
pku
Djs
cjs
Rgp
Unsku
Sgr
Gfs
Ggp
Lnp
Rgp1
Pbu
Pes

Sbs
Hal
nsb
Gst
Ssm
Rgu
Rgu
Ksm
Bbbpu
Rsb
Rgs
Sls
Pvg
Vor
Tsm
Asm
Ggd
Wsp
Bbu

Abd
Rpp
Syp
Mks
Bml
Pls
Rmb
Jmb
Gsb
Jmb
sab
Ptm
bbt
दाङ । प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले राप्ती करिडोर निर्माणलाई लक्षित गरेर सुरु भएको बृहत राप्ती तटबन्ध अभियानलाई तिब्र पार्न पहल लिनु भएको छ ।
तटबन्ध आयोजनासंग जोडिएका निकायहरुको विचमा मंगलबार लमहीमा छलफल आयोजना गरेर हाल देखिएका समस्या समाधान गर्न पहल लिनु भएको हो ।‘राप्ती नदीमा बर्षेनी हुने डुबान कटानको समस्या समाधान गर्न आयोजना कोशेढुंगा सावित हुने छ’प्रतिनिधि सभा सदस्य चौधरीले भन्नुभयो, ‘पूर्वमा भालुबाङ देखी पश्चिममा बाँके सम्मको दुवै किनारलाई कोरिडोरको रुपमा विकास गर्दै लैजाने योजना छ ।’
राष्ट्रिय गौरका आयोजनालाई सम्पन्न गर्न सबै निकायको विचमा समन्वय र सहकार्य आवश्यक रहेको भनाइ उहाँको छ । छलफल तथा स्थलगत अवलोकनमा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा,लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी,गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल, प्रमुख जिल्ला अधिकारी शुसिल वैद्य,जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीर बहादुर ओली लगायत जनताको तटबन्ध आयोजना कार्यालयका प्रमुख धर्मकुमार न्यौपाने, निर्माण कम्पनीका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
छलफलबाट आयोजनाको लागी चाहिने नदीजन्य पदार्थको उत्खनन् र व्यवस्थापनको लागी जिल्ला समन्वय प्रमुखको संयोजकत्वमा सरोकारवाला निकायको सहभागीतामा अनुगमन समिति बनाउने, ढुंगाजन्य वस्तु निकाल्ने सम्भावीत ठाउँको पहिचान गर्ने र वातावरणीय प्रभाव मुल्यांकनको काम अघि बढाउने, डिभिजन वन कार्यालयले अघि बढाएको फाईल स्विकृतको लागी प्रदेश सरकारसंग समन्वय गर्ने,एक बर्ष भित्र आयोजनाको काम सम्पन्न गर्न निर्माण कम्पनीलाई प्रतिबद्धता व्यक्त गराउने निर्णय भएको छ ।

