Sidha Patra मंगलबार, आषाढ २६, २०८०

दाङ । प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले राप्ती करिडोर निर्माणलाई लक्षित गरेर सुरु भएको बृहत राप्ती तटबन्ध अभियानलाई तिब्र पार्न पहल लिनु भएको छ ।

तटबन्ध आयोजनासंग जोडिएका निकायहरुको विचमा मंगलबार लमहीमा छलफल आयोजना गरेर हाल देखिएका समस्या समाधान गर्न पहल लिनु भएको हो ।‘राप्ती नदीमा बर्षेनी हुने डुबान कटानको समस्या समाधान गर्न आयोजना कोशेढुंगा सावित हुने छ’प्रतिनिधि सभा सदस्य चौधरीले भन्नुभयो, ‘पूर्वमा भालुबाङ देखी पश्चिममा बाँके सम्मको दुवै किनारलाई कोरिडोरको रुपमा विकास गर्दै लैजाने योजना छ ।’

राष्ट्रिय गौरका आयोजनालाई सम्पन्न गर्न सबै निकायको विचमा समन्वय र सहकार्य आवश्यक रहेको भनाइ उहाँको छ । छलफल तथा स्थलगत अवलोकनमा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा,लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी,गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल, प्रमुख जिल्ला अधिकारी शुसिल वैद्य,जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीर बहादुर ओली लगायत जनताको तटबन्ध आयोजना कार्यालयका प्रमुख धर्मकुमार न्यौपाने, निर्माण कम्पनीका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

छलफलबाट आयोजनाको लागी चाहिने नदीजन्य पदार्थको उत्खनन् र व्यवस्थापनको लागी जिल्ला समन्वय प्रमुखको संयोजकत्वमा सरोकारवाला निकायको सहभागीतामा अनुगमन समिति बनाउने, ढुंगाजन्य वस्तु निकाल्ने सम्भावीत ठाउँको पहिचान गर्ने र वातावरणीय प्रभाव मुल्यांकनको काम अघि बढाउने, डिभिजन वन कार्यालयले अघि बढाएको फाईल स्विकृतको लागी प्रदेश सरकारसंग समन्वय गर्ने,एक बर्ष भित्र आयोजनाको काम सम्पन्न गर्न निर्माण कम्पनीलाई प्रतिबद्धता व्यक्त गराउने निर्णय भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]