
Srbpu
Pes
Lnp
Rgp
Gfs
cjs
Sgr
Rgp1
sbs
Ggp
pku
Unsku
Djs
Pbu

Sls
Vor
Ksm
Asm
Rsb
Wsp
Rgs
Ssm
Sbs
nsb
Rgu
Bbu
Gst
Rgu
Hal
Tsm
Ggd
Pvg
Bbbpu

sab
Abd
Rmb
Bml
Ptm
Pls
Mks
bbt
Gsb
Jmb
Jmb
Rpp
Syp
कपिलवस्तु । कपिलवस्तु जिल्लामा सर्पको डसाइबाट दुई दिनमा चार जनाको ज्यान गएको छ ।
गएराति बुद्धभूमि नगरपालिका वडा नम्बर १ मा विषालु सर्पले डस्दा दुई दाजुभाइको ज्यान गएको हो । नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसालको ज्यान गएको गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो ।
सोमवार राति घरमा सुतिरहेको बेला उनीहरुलाई सर्पले डसेको हो । बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि स्थानीय अस्पतालमा पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमा र अर्काको उपचारका क्रममा ज्यान गएको थियो ।
यसैगरी सोमवार बिहान बुद्धभूमि नगरपालिका वडा नम्बर १० की १६ वर्षीया ममता रैदासको पनि सर्पको डसाइबाट ज्यान गएको छ । सर्पले डसेलगत्तै उनलाई गोरुसिङ्गेमा रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्र लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल तौलिहवा पठाइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । सोमवार नै महाराजगञ्ज नगरपालिकाकी ३० वर्षीया अनिता यादवको पनि सर्पको डसाइबाट ज्यान गएको छ ।
त्यस्तै हिजो दिउँसो घर नजिकै पराल निकाल्ने क्रममा उहाँलाई गोमन सर्पले डसेको थियो । लगत्तै गोरुसिङ्गे उपचार केन्द्रमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार नभएपछि बुटवल लैजाँदै गर्दा उहाँको पनि बाटोमै ज्यान गएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । जिल्लामा बर्खा लागेसँगै सर्पको बिगबिगी बढिरहेको छ ।
