
Lnp
Sdc
Ksbus
Rgp
Asbus
Ksbus
Ggp
Ggp
Msbus


मेरो गाउँमा आज सानो पानी परेको छ
अस्तिको त्यो खडेरीले धान सबै मरेको छ
खेत त सबै बाँझै छ कोही छैनन् गाउँमा
बिदेश पसे युवा सबै धन कमाउने नाउँमा ।
दैबले पनि प्रकोप धेरैनै ल्याएको छ घरीघरी
अर्को देशमा काम गर्छन् नेपालीले मरीमरी
आफ्नो घरको कर्तव्यलाई सबै भुलेकाछन्
अन्तैको भेषभुसामाँ ढकमक फुलेकाछन्।
कसले आली लगाउनु यहाँ कसले गरा खन्नु
सन्तुष्ट त म पनि छैन कसलाई के पो भन्नु
मुग्लान जाउँ भने भएको घर धितो राख्नु पर्छ
पलाएका रहरहरु मेरो पनि त्यै भएर मर्छ।
गरिखान भन्दा पनि मरिजान बेस देखेकाछन्
दुख गरेर खानुभन्दा शुसाईड् नोट लेख्नेकाछन्
सुन्दा यस्तो कुराहरु दिक्क लाग्न थालेको छ
अवस्था देसको हेरौँ भने सयौं ठाउँमा टालेको छ।
सञ्जना शर्मा
दाङ लमही ।
