दाङ । देउखुरीको राजपुरमा किर्ते हस्ताक्षर गरि नातीलाई नागरिकता बनाइदिने ज्ञानबहादुर विश्वकर्मा र उनका श्रीमती,नाती १०/१० हजार धरौटीमा छुटेका छन् ।
बुधबार दाङ जिल्ला अदालतको इजलास नम्बर ४ का न्यायाधीश जगत बहादुर पौडेलको एकल इजलासमा थुनछेक बहस पश्चात् विश्वकर्मा र उनकि श्रीमती तथा नातीलाई दस /दस हजार धरौटीमा छाड्न आदेश भएको हो ।
त्यस्तै राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्ट र सचिव सन्तोष भण्डारी तथा ५ जना सर्जमीनहरु साबित्रा कुमारी विश्वकर्मा, गौसरी बोहरा,बुद्धिमाया घर्ती,रमेश घर्ती,मन कुमारी घर्तीलाई सामान्य तारिखमा छाडिएको छ ।
गत बैशाख २८ गते ईलाका प्रशासन कार्यालय लमहीबाट राजपुर गाउँपालिका वडा नम्बर ५ सिमल खुटीका ज्ञान बहादुर विश्वकर्माले छोरीको छोरा,नाती विवेक विश्वकर्मालाई आफ्नो छोरा भनी पाँच जना सर्जमीन मुचुल्का साथ किर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको आरोपमा पक्राउ परेका थिए । किर्ते हस्ताक्षर भएको सूचना प्राप्त हुना साथ विवेकको नागरिकता बदर गरिएको थियो ।