
Pes
cjs
Rgp1
pku
Djs
Srbpu
Sgr
sbs
Gfs
Pbu
Ggp
Lnp
Rgp
Unsku

Hal
nsb
Bbbpu
Sls
Asm
Rgs
Bbu
Wsp
Pvg
Tsm
Vor
Ksm
Sbs
Rgu
Ssm
Rgu
Ggd
Gst
Rsb

sab
Rmb
bbt
Jmb
Pls
Syp
Abd
Rpp
Jmb
Gsb
Bml
Mks
Ptm
दाङ । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेट वक्तव्यमाथिको सैद्धान्तिक छलफल सकिएको छ ।
दोस्रो अधिवेशनको १४औँ बैठकमा बजेट वक्तव्यमाथिको सैद्धान्तिक छलफल भएको थियो । उक्त छलफलमा सत्तारुढ दलका सांसदहरूले मात्रै भाग लिएका थिए । छलफलमा प्रमुख प्रतिपक्षी दल भएर पनि आफूहरूलाई बोल्न नदिइएको एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए । पार्टीको तर्फबाट भोजप्रसाद श्रेष्ठलाई बोल्नका लागि समय माग गरेको भए पनि सभामुखले बोल्न नदिएको चौधरीको भनाइ छ ।
त्यस्तै बैठकमा सत्तारुढ दलका बैजनाथ कलवार, वसीउद्दीन खाँ, खड्गबहादुर बस्नेत, तारा थापाले छलफलमा भाग लिँदै सरकारले ल्याएको बजेट राम्रो आएको भन्दै सरकारको बचाउ गरे । असार १ गते सरकारले ४० अर्ब ४७ करोड ८९ लाखको बजेट ल्याएको थियो । बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक तीनपटकसम्म स्थगित गरिएको थियो । आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै निर्देशनालय खारेज गर्ने निर्णयका बारेमा अध्ययन गर्न समिति बनेको र सो आधारमा कार्यान्वयन गरिने बताए ।
यस्तै,मन्त्री मास्कीले सदनमा आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा बनेको विधेयक पेस गरे । दोस्रो अधिवेशनको १५औँ बैठक मंगलबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । अब बस्ने बैठकमा विनियोजन विधेकमाथिको सैद्धान्तिक र दफावार छलफल गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।
