
Pbu
Sgr
cjs
Unsku
Rgp
Gfs
Ggp
sbs
Lnp
pku
Srbpu
Rgp1
Pes
Djs

Hal
Rgu
nsb
Tsm
Ggd
Pvg
Asm
Vor
Wsp
Bbbpu
Sbs
Rgu
Rsb
Ssm
Sls
Rgs
Bbu
Ksm
Gst

sab
Syp
bbt
Jmb
Rmb
Mks
Bml
Rpp
Jmb
Pls
Abd
Ptm
Gsb
विराटनगर । कोशी प्रदेश सरकारले विराटनगरको रानीमा निर्माण सुरु गरेको स्वागत गेटसहितको आकाशे पुल निर्माणको काम भन्सार कार्यालयले रोकेको छ ।
तीन महिनाअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिलन्यास गरेको पुलको काम भन्सार कार्यालय विराटनगर रानीले रोकेको हो । कोशी प्रदेश सरकारले लिफ्टसहितको आकाशे पुलसँग जोडिएको स्वागत गेट निर्माणका लागि बजेट विनियोजन गरेको थियो । ६ करोड २५ लाख २४ हजारमा ठेक्का सम्झौता भएको पुलको शिलन्यास गत चैत ७ गते मुख्यमन्त्रीले गरेका थिए ।
अतिसंवेदनशील क्षेत्रमा लिफ्टसहितको आकाशे पुल निर्माण नगर्न यसअघि भन्सार कार्यालयले पत्रचार गरेको थियो । तर काम नरोकिएपछि शनिबार सशस्त्र प्रहरीको सहयोगमा भन्सारले काम रोकेको हो । सीमा क्षेत्र संवेदनशील भएका कारण आकाशे पुल निर्माण नगर्न आग्रह गरिएको विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले बताए । उनका अनुसार पुल निर्माणका लागि भन्सारसँग स्वीकृत पनि लिएको छैन ।
भन्सार क्षेत्रमा लिफ्टसहितको आकाशे पुल निर्माण गर्दा सुरक्षा खतरा बढ्ने भएका कारण काम रोक्न शहरी विकास तथा भवन कार्यालय विराटनगरलाई आग्रह गरिएको बताए । ‘भन्सार क्षेत्र संवेदनशील क्षेत्र हो,’ उनले भने, ‘भन्सारको क्षेत्रमा निर्माण नगर्न भनिएको हो, यसले जोखिम बढाउछ ।’
सीमा क्षेत्रमा आवत जावतका लागि मात्रै भएका कारण आकाशे पुल निर्माण गर्दा मानिसको जमघट हुने भएका कारण रोक्न आग्रह गरिएको उनले बताए । गेट मात्रै बनाउँदा भने आपत्ति नहुने उनकोे भनाइ छ । पाँच मिटर अग्लो पुल बनाउँदा सुरक्षा खतरा बढ्ने उनले बताए । भन्सार विभागसँग पनि स्वीकृत नलिएका कारण काम रोक्न लगाइएको उनले बताए । विभागले निर्माणको अनुमति दिए भन्सारले नरोक्ने उनले बताए । स्वागतद्वार र आकाशेपुल निर्माणका लागि २०७७ जेठ २७ गते प्रदेश सरकार अन्तर्गतको शहरी विकास तथा भवन कार्यालय विराटनगरले ह्याबिटाट आशिषदीप जेभीसँग सम्झौता गरेको थियो ।
त्यसपछि रानी भन्सार कार्यालयलाई भौतिक पूर्वाधार मन्त्रालयले सहजिकरणका लागि आग्रह गर्दा कार्यालयले भन्सार क्षेत्र अत्यन्त समवेदनशील क्षेत्र भएकाले निर्माण नगर्न आग्रह गरेको थियो ।
शहरी विकास तथा भवन कार्यालय विराटनगरका प्रमुख रुद्रनारायण मिश्रले भन्सारले आकाशे पुल निर्माण नगर्न आग्रह गरेको बताए । ठेक्का लागिसकेको परियोजना रोक्न नहुने उनको भनाइ छ । भन्सारलाई आकाशे पुलको माथिल्लो भागको नयाँ डिजाइन गर्न सकिने भएकाले बेसको काम नरोक्नका लागि आग्रह गरिएको बताए ।
त्यस्तै आकाशे पुलसहितको स्वागत गेट निर्माणका लागि प्रदेश सरकार, विराटनगर महानगरपालिका र उद्योग संगठन मोरङले त्रिपक्षीय लागत साझेदारी गरेका थिए । गेट निर्माणका लागि प्रदेश सरकारले ७५ प्रतिशत, विराटनगर महानगरपालिकाले २५ प्रतिशत ५ प्रतिशत उद्योग संगठन मोरङले लगानी गर्ने सहमति छ । पुल निर्माणको अवधि २०८१ साल फागुन २५ गतेसम्मका लागि राखिएको छ । भारततर्फ दशगजामै स्वागतद्वार छ । नेपालतर्फ निर्माण गर्न लागिएको आकाशेपुलसहितको स्वागत गेट दशगजाबाट १५० मिटर उत्तरतर्फ छ ।अनलाइनखबर
