
Asbus
Ggp
Rgp
Ggp
Sdc
Msbus
Lnp
Ksbus
Ksbus


प्युठान। गत मंगलबार बसबाट खसेर गंभीर घाईते भएकी प्युठानकी एक बिध्यार्थीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक पोषण ढकालका अनुसार प्युठान नगरपालिका वडा नम्बर ६ लम्छ्याङ निवासी १९ वर्षिय रिमा भण्डारीको काठमाण्डौ स्थित विउकस हस्पिटलमा उपचारको क्रममा विहिवार मृत्यु भएको हो।पुण्यखोलाबाट वाग्दुलातर्फ जादै गरेको स्वर्गद्धारी गौमुखी यातायातको ना ३ ख ३८८३ नम्बरको बसबाट खसेर उनि गंभिर घाईते भएकी थिईन। त्यस लगत्तै उनलाई जिल्ला अस्पताल विजुवारमा सामान्य उपचार पश्चात भैरहवा मेडिकल कलेजमा पुर्याईएको थियो। तर, त्यहा पनि उपचार संभव नदेखिएपछी उनलाई काठमाडौ लगिएको थियो।उनि एसईई परिक्षामा सहभागी हुन आएकी थिइन।सवारी र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ । यसै बिच जिल्लामा क्रीयाशिल अनेरास्वबियु र नेपाल बिध्यार्थी संघले एक बिज्ञप्ती जारी गर्दै यस घटनाको निष्पक्ष छानविन गरि पिडित पक्षलाई क्षतिपुर्ति दिलाउन माग गरेका छन।
