Sidha Patra आइतबार, आषाढ १०, २०८०

दाङ । नेपाल प्रेस युनियन दाङ शाखाले पत्रकारहरुको पेशागत क्षमता अभिवृद्धि तथा विपदहरु परेको अवस्थामा सहयोग गर्ने उद्देश्यले ‘पत्रकार हितकोष’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

नेपाल प्रेस युनियन दाङको शनिवार तुलसीपुरमा बसेको नियमित मासिक बैठकले ‘पत्रकार हितकोष’ संचालन गर्ने निर्णय गरेको हो । हितकोषलाई व्यवस्थीत गर्नका लागि कार्यविधि तयार गर्न जिल्ला उपाध्यक्ष गोपाल शर्मा भट्टराईको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यमा महिला उपाध्यक्ष पार्वती बस्नेत र सचिव अमरक्षितिज भण्डारी रहेका छन् ।

त्यसैगरी बैठकले प्रेस युनियन दाङ शाखाको जग्गा प्राप्तीका लागि भूमिका निर्वाह गर्ने लमही नगरपालिका, लमही नगर विकासलगाएत सम्पूर्ण नेपाल प्रेस युनियनका अग्रज व्यक्तित्व तथा सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको प्रेस युनियन दाङका जिल्ला सचिव अमरक्षितिज भण्डारीले जानकारी दिएका छन् । सचिव भण्डारीका अनुसार प्रेस युनियन दाङ शाखाले लमही नगरपालिका–५ रातोडाडामा भवन निर्माणका लागि जग्गा प्राप्त गरेको छ ।

उक्त जग्गामा भवन निर्माणका गर्नका लागि प्रदेश तथा स्थानीय सरकारलगायत जिल्लास्थीत सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालयहरुलाई सहयोगका लागि आव्हान समेत गरेको छ । बैठकले नेपाल प्रेस युनियन दाङ शाखाको सल्लाहकारमा युनियनका निर्वतमान अध्यक्ष सन्तोष सुवेदीलाई चयन गरेको छ । युनियनको विधान अनुसार सल्लाहकारमा चयन गर्ने निर्णय गरेको हो । साथै बैठकले आवश्यकताका आधारमा अन्य सल्लाहकार पछि चयन गर्ने निर्णय सचिव भण्डारीले जानकारी दिएका छन् ।

प्रेस युनियन दाङलाई थप व्यवस्थीत र क्रियाशिल बनाउनका लागि क्षेत्रीय समन्वय समिति गठन गर्ने निर्णय बैठकले गरेको छ । त्यसका लागि क्षेत्र नं. १ मा उपाध्यक्ष किरणविक्रम शाह, क्षेत्र नम्बर २ मा महिला उपाध्यक्ष पार्वती बस्नेत र क्षेत्र नम्वर ३ मा उपाध्यक्ष गोपाल शर्मा भट्राईलाई संयोजकको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ । भेलाका लागि संयोजकहरुलाई मिति तय गर्ने जिम्मेवारी पनि दिएको बैठकपछि सचिव भण्डारीले जानकारी दिएका छन ।

त्यसैगरी बैठकले नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय पार्षद तथा साधारण सदस्य सुवाष न्यौपानेकी धर्मपत्नी उषा न्योपानेको असामहिक निधनप्रति दुःख व्यक्त गर्दे मृतात्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति सम्वेदना प्रकट गर्ने निर्णय गरेको छ । बैठकको सहजीकरण सचिव अमरक्षिति भण्डारीले गरेका थिए ।फरककोण

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]