भेषराज ढुंगाना शुक्रबार, आषाढ ०८, २०८०

केहि महिना अगाडीको कुरा । गाउँघरका मानिसहरु ताँत लागेर राष्ट्रिय परिचय–पत्र बनाउन वडा कार्यालयमा जादै गरेको लष्करको दृष्य । एकजनाले मलाई सोधिहाले–बुवा हजुरले बनाउनुभयो? मैले उनिसंग भने मेरो नागरिकता छदैछ अनि चुनाव आउँदा नेतालाई भोट हाल्ने परिचय पत्र पनि छ । किन बनाउनु पर्ला र यो परिचयपत्र ? मलाई अचम्म लागिरहेको थियो ।

तर परिचयपत्र बनाउनेको लष्कर दिनका–दिन बृद्धि हुदै गएपछि म पनि एकदिन वडा कार्यालयमा परिचय पत्र बनाउने सोंचकासाथ लाईनमा लागें । वडा कार्यालयमा फर्म पाईदो रहेछ, सबैले त्यहि फर्म लैजादै भोर्दै गरेको देखे । नागरिकताका आधारमा तिनपुस्ते खुलाएर सबै बिवरण भोर्नुपर्ने रहेछ । फरक यत्तिमात्र कि नागरिकता बनाउँदा नेपाली भाषामा फाराम भोरिन्थ्यो भने राष्ट्रिय परिचय पत्र बनाउँदा एक साईडमा नेपाली र अर्को साईडमा अङ्ग्रेजी समेत । उमेरले असि काटेको म बृद्ध मान्छे फाराम भोरेपछि परिचय पत्र बनाउने लाईनमा उभिन बाध्य भएँ । त्यहाँ जेष्ठ नागरिक,अपांगता भएको ब्यक्ति, सुत्केरी महिला कसैलाई सुविधा र सहजताको कुनै ब्यवस्था थिएन । यो देखेर मलाई ब्यवस्थापन गर्ने पक्ष वडा कार्यालय प्रति बितिष्णा जाग्यो । लाईनमा तछाड मछाड पेलीएर निकै कष्टका साथ ३ घण्टापछि पालो आयो । कर्मचारीहरुले कम्प्युटर र क्यामराको माध्यमबाट नागरिकहरुको बिवरण ईण्ट्रि गरिरहेको दृष्य बिच मेरो पालो आईपुग्यो ।

दुवै हातका दश औंला सहित पञ्जाको ल्याप्चे मसिन मार्फत लगाएपछि फोटो खिच्न भनि दुरबिन जस्तो यन्त्रले हेर्न लगाईयो । ठिक त्यहिबेला टोपि निकाल्नुस बुवा भनेर कर्मचारीले मलाई आदेश गरे । मैले कर्मचारीलाई जिकिर गरेरै प्रश्न गरे किन फाल्नु टोपि? उनिहरुले पनि सबैले टोपि भिलक्नुपर्ने नियम छ निकाल्नु पर्छ भनेर जिद्धि गरे । यसरी राष्ट्रिय परिचयपत्र बनाउने क्रममा शिरमा लगाएको टोपि झिक्न लगाइएपछि मनमा निकै निरासता, हिनताबोध र आक्रोस उत्पन्न भयो ।

मलाई मात्र होइन त्यस अभियानमा पुगेका सबै पुरुषहरुलाई टोपि झिक्ने र महिलाहरुलाई निधारको टिकुली, घाटीको सिक्री, मंगलशुत्र र नाक कानका गरगहना सबै निकाल्न बाध्य पारिएको दृष्य देखियो । मानौ त्यहाँ एक्सरे मसिनले एक्सरे गर्न थालेजस्तो फेटो खिच्दा गरिन्थ्यो । तथापि सबैले जे गरे म पनि त्यहि बमोजिम गर्न बाध्य भएँ र गरेर काम सकाएर घरतर्फ फर्के । फर्किदै गर्दा बाटोमा एकजना म भन्दा पनि अझै बृद्ध चौधरी साथी भेटिनु भयो ।

यस विषयमा मैले उहाँसंग राष्ट्रिय पहिचान टोपि फाल्न लगाएकोमा चित्त नबुझेको कुरा दर्शाए । उनिलाई पनि कत्ति चित्त बुझेको रहेनछ । बाटोमा सामाजिक तथा बौद्धिक ब्यक्तित्वहरु भेटिदा मैले उहाँहरुको पनि प्रतिकृया लिदै गए । कसैले पनि आफूलाई यो कुरा चित्त नबुझेको प्रतिकृया दिनुभयो । धेरैबाट फोटो खिच्ने क्रममा गरिएको यो ब्यवहार प्रति प्रश्नका लष्करहरु प्रष्फूटन भएको भेट्टाएँ ।

घरमा पुगेर राति सुत्ने बेला म निकै गहिराईका साथ राष्ट्रिय पहिचान टोपि र टिकुलीका बारेमा घोत्लिन थाले । सरकारले किन यस्तो नियम ल्याएको होला? मेरो मन मष्तिकमा अनुत्तरीत प्रश्नहरु खेल्न थाले । जिवनमा छोरा मान्छेले २ पटक टोपि फाल्नु पर्ने प्रचलन छ । एउटा बुवा–आमाको मृत्यु हुँदा र अर्को श्राद्ध गर्दा । आजकल धेरैले टोपि नलगाउनु वा कपाल पाल्नु मानव ईच्छाशक्ति अन्तर्गतको बेग्लै कुरा हो । यद्यपि टोपि विशेष परिस्थिती बाहेक अन्य समयमा फालिदैनथ्यो र यसरी कहिँ कतै फाल्न बाध्य पनि पारिन्नथ्यो ।

नेपालमा टोपि दिवस समेत राष्ट्रिय रुपमै मनाईने प्रचलन पनि रहेको पाईन्छ । नेपालका मन्त्री तथा सांसदहरुले सरकारी कार्यालयमा दौरा सुरुवाल र टोपि लगाएर मात्र जाने प्रचलन पनि छ । टोपिको महत्व बढ्दै जाँदा विभिन्न किसीमका टोपि बन्ने उद्योगहरु सञ्चालित छन् । कतै पाल्पाली ढाका टोपि,मार्किनका टोपि,भादगाउँले टोपि,कार्चोपी टोपि, छाते टोपि । अझ भन्नुपर्दा भादगाउँले टोपि त मन्त्री सांसदहरुले प्रायः लगाउने प्रचलन रहेको पनि पाईन्छ ।

सरकारी कर्मचारीहरु मन्त्रालय तथा न्यानयालयमा प्रबेश गर्दा बिना टोपि प्रबेश गर्नु हुदैन भनेर दौरा, सुरुवाल,टोपि अनिबार्य गराइएको छ । आज तिनै नेपाल सरकारका कर्मचारीहरुले राष्ट्रिय परिचय पत्रका लागि सामामन्य फोटो खिच्नुपर्दा पुरुषलाई टोपि झिक्न निर्देश गर्ने र महिलाहरुलाई माला, पोते, टिकुली झिक्न लगाउनुले नेपाली पहिचान मेटिने गरी यो परिचयपत्र बनाईन थालेको त होइन? आशंका उत्पन्न भएको छ । मलाई मात्र होईन राष्ट्रिय परिचयपत्र बनाउने अभियानमा सरिक भएका आम नेपाली नागरिकहरुका मानसपटलमा यो विषयले स्पन्दन अबश्य गरेको छ भने राष्ट्रिय पहिचान प्रति आशंका पनि उत्पन्न गराएको यथार्थता जगजाहेर छ ।

हामी नेपाल आमाका सन्तती, पुर्खौ पुर्खा देखि लगाईदै आएको टोपि,टिकुले, माला पोते शरिरबाट निकालेर राष्ट्रिय परिचय–पत्र बनाउने प्रयोजनका लागि फोटो खिच्नुपर्ने बाध्यताले हामीलाई निराशा,आक्रोस र हिनताबोध सबै थरीका शंकास्पद बिचारहरुको बिजारोपण गरेको तथ्य हामी कसैले लुकाउन सकिदैन । राष्ट्रिय परिचय पत्रसंग नेपाली टोपिको र टिकुली तथा मालापोतेसंग हामी नेपालीको साईनो किन मेटाउन खोजीएको होला? आम नेपाली नागरिकहरुमा यो प्रश्न अनुत्तरित नै छ भन्दा अत्तिसयुक्ती नहोला ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]