
Ssbus
Ddhbs
dsbus
Rbs
Nssbus7
Amb
Bksbus5
Gsl
Syees
Gsbus
gms
Ratbs
syysr
Csbus
Jsbus
Pbu

Sbs
Wsp
Sls
nsb
Rgu
Rgu
Ksm
Tsm
Rgs
Ggd
Asm
Vor
Bbbpu
Gst
Hal
Ssm
Bbu
Rsb
Pvg

Syp
bbt
Jmb
Ptm
Pls
Bml
Gsb
Abd
Rmb
Rpp
Mks
sab
Jmb
केहि महिना अगाडीको कुरा । गाउँघरका मानिसहरु ताँत लागेर राष्ट्रिय परिचय–पत्र बनाउन वडा कार्यालयमा जादै गरेको लष्करको दृष्य । एकजनाले मलाई सोधिहाले–बुवा हजुरले बनाउनुभयो? मैले उनिसंग भने मेरो नागरिकता छदैछ अनि चुनाव आउँदा नेतालाई भोट हाल्ने परिचय पत्र पनि छ । किन बनाउनु पर्ला र यो परिचयपत्र ? मलाई अचम्म लागिरहेको थियो ।
तर परिचयपत्र बनाउनेको लष्कर दिनका–दिन बृद्धि हुदै गएपछि म पनि एकदिन वडा कार्यालयमा परिचय पत्र बनाउने सोंचकासाथ लाईनमा लागें । वडा कार्यालयमा फर्म पाईदो रहेछ, सबैले त्यहि फर्म लैजादै भोर्दै गरेको देखे । नागरिकताका आधारमा तिनपुस्ते खुलाएर सबै बिवरण भोर्नुपर्ने रहेछ । फरक यत्तिमात्र कि नागरिकता बनाउँदा नेपाली भाषामा फाराम भोरिन्थ्यो भने राष्ट्रिय परिचय पत्र बनाउँदा एक साईडमा नेपाली र अर्को साईडमा अङ्ग्रेजी समेत । उमेरले असि काटेको म बृद्ध मान्छे फाराम भोरेपछि परिचय पत्र बनाउने लाईनमा उभिन बाध्य भएँ । त्यहाँ जेष्ठ नागरिक,अपांगता भएको ब्यक्ति, सुत्केरी महिला कसैलाई सुविधा र सहजताको कुनै ब्यवस्था थिएन । यो देखेर मलाई ब्यवस्थापन गर्ने पक्ष वडा कार्यालय प्रति बितिष्णा जाग्यो । लाईनमा तछाड मछाड पेलीएर निकै कष्टका साथ ३ घण्टापछि पालो आयो । कर्मचारीहरुले कम्प्युटर र क्यामराको माध्यमबाट नागरिकहरुको बिवरण ईण्ट्रि गरिरहेको दृष्य बिच मेरो पालो आईपुग्यो ।
दुवै हातका दश औंला सहित पञ्जाको ल्याप्चे मसिन मार्फत लगाएपछि फोटो खिच्न भनि दुरबिन जस्तो यन्त्रले हेर्न लगाईयो । ठिक त्यहिबेला टोपि निकाल्नुस बुवा भनेर कर्मचारीले मलाई आदेश गरे । मैले कर्मचारीलाई जिकिर गरेरै प्रश्न गरे किन फाल्नु टोपि? उनिहरुले पनि सबैले टोपि भिलक्नुपर्ने नियम छ निकाल्नु पर्छ भनेर जिद्धि गरे । यसरी राष्ट्रिय परिचयपत्र बनाउने क्रममा शिरमा लगाएको टोपि झिक्न लगाइएपछि मनमा निकै निरासता, हिनताबोध र आक्रोस उत्पन्न भयो ।
मलाई मात्र होइन त्यस अभियानमा पुगेका सबै पुरुषहरुलाई टोपि झिक्ने र महिलाहरुलाई निधारको टिकुली, घाटीको सिक्री, मंगलशुत्र र नाक कानका गरगहना सबै निकाल्न बाध्य पारिएको दृष्य देखियो । मानौ त्यहाँ एक्सरे मसिनले एक्सरे गर्न थालेजस्तो फेटो खिच्दा गरिन्थ्यो । तथापि सबैले जे गरे म पनि त्यहि बमोजिम गर्न बाध्य भएँ र गरेर काम सकाएर घरतर्फ फर्के । फर्किदै गर्दा बाटोमा एकजना म भन्दा पनि अझै बृद्ध चौधरी साथी भेटिनु भयो ।
यस विषयमा मैले उहाँसंग राष्ट्रिय पहिचान टोपि फाल्न लगाएकोमा चित्त नबुझेको कुरा दर्शाए । उनिलाई पनि कत्ति चित्त बुझेको रहेनछ । बाटोमा सामाजिक तथा बौद्धिक ब्यक्तित्वहरु भेटिदा मैले उहाँहरुको पनि प्रतिकृया लिदै गए । कसैले पनि आफूलाई यो कुरा चित्त नबुझेको प्रतिकृया दिनुभयो । धेरैबाट फोटो खिच्ने क्रममा गरिएको यो ब्यवहार प्रति प्रश्नका लष्करहरु प्रष्फूटन भएको भेट्टाएँ ।
घरमा पुगेर राति सुत्ने बेला म निकै गहिराईका साथ राष्ट्रिय पहिचान टोपि र टिकुलीका बारेमा घोत्लिन थाले । सरकारले किन यस्तो नियम ल्याएको होला? मेरो मन मष्तिकमा अनुत्तरीत प्रश्नहरु खेल्न थाले । जिवनमा छोरा मान्छेले २ पटक टोपि फाल्नु पर्ने प्रचलन छ । एउटा बुवा–आमाको मृत्यु हुँदा र अर्को श्राद्ध गर्दा । आजकल धेरैले टोपि नलगाउनु वा कपाल पाल्नु मानव ईच्छाशक्ति अन्तर्गतको बेग्लै कुरा हो । यद्यपि टोपि विशेष परिस्थिती बाहेक अन्य समयमा फालिदैनथ्यो र यसरी कहिँ कतै फाल्न बाध्य पनि पारिन्नथ्यो ।
नेपालमा टोपि दिवस समेत राष्ट्रिय रुपमै मनाईने प्रचलन पनि रहेको पाईन्छ । नेपालका मन्त्री तथा सांसदहरुले सरकारी कार्यालयमा दौरा सुरुवाल र टोपि लगाएर मात्र जाने प्रचलन पनि छ । टोपिको महत्व बढ्दै जाँदा विभिन्न किसीमका टोपि बन्ने उद्योगहरु सञ्चालित छन् । कतै पाल्पाली ढाका टोपि,मार्किनका टोपि,भादगाउँले टोपि,कार्चोपी टोपि, छाते टोपि । अझ भन्नुपर्दा भादगाउँले टोपि त मन्त्री सांसदहरुले प्रायः लगाउने प्रचलन रहेको पनि पाईन्छ ।
सरकारी कर्मचारीहरु मन्त्रालय तथा न्यानयालयमा प्रबेश गर्दा बिना टोपि प्रबेश गर्नु हुदैन भनेर दौरा, सुरुवाल,टोपि अनिबार्य गराइएको छ । आज तिनै नेपाल सरकारका कर्मचारीहरुले राष्ट्रिय परिचय पत्रका लागि सामामन्य फोटो खिच्नुपर्दा पुरुषलाई टोपि झिक्न निर्देश गर्ने र महिलाहरुलाई माला, पोते, टिकुली झिक्न लगाउनुले नेपाली पहिचान मेटिने गरी यो परिचयपत्र बनाईन थालेको त होइन? आशंका उत्पन्न भएको छ । मलाई मात्र होईन राष्ट्रिय परिचयपत्र बनाउने अभियानमा सरिक भएका आम नेपाली नागरिकहरुका मानसपटलमा यो विषयले स्पन्दन अबश्य गरेको छ भने राष्ट्रिय पहिचान प्रति आशंका पनि उत्पन्न गराएको यथार्थता जगजाहेर छ ।
हामी नेपाल आमाका सन्तती, पुर्खौ पुर्खा देखि लगाईदै आएको टोपि,टिकुले, माला पोते शरिरबाट निकालेर राष्ट्रिय परिचय–पत्र बनाउने प्रयोजनका लागि फोटो खिच्नुपर्ने बाध्यताले हामीलाई निराशा,आक्रोस र हिनताबोध सबै थरीका शंकास्पद बिचारहरुको बिजारोपण गरेको तथ्य हामी कसैले लुकाउन सकिदैन । राष्ट्रिय परिचय पत्रसंग नेपाली टोपिको र टिकुली तथा मालापोतेसंग हामी नेपालीको साईनो किन मेटाउन खोजीएको होला? आम नेपाली नागरिकहरुमा यो प्रश्न अनुत्तरित नै छ भन्दा अत्तिसयुक्ती नहोला ।
