
Lnp
Sgr
Rgp
Pbu
pku
Rgp1
Ggp
Unsku
Srbpu

Hal
Wsp
Sbs
Gst
Ssm
nsb
Vor
Tsm
Sls
Rsb
Rgs
Asm
Rgu
Pvg
Ggd
Bbu
Bbbpu
Ksm
Rgu

Pls
Jmb
Abd
Bml
bbt
Rpp
Jmb
Ptm
Gsb
sab
Rmb
Mks
Syp
धनगढी । कैलालीको धनगढी,टीकापु र कञ्चनपुरको बेलौरीबाट गरी लागुऔषधमा संलग्न ६ युवा पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ त्रिनगर ब्यारेलबाट एक ग्राम ६ सय २० मिलिग्रामसहित सोमबार दिउँसो दुई जना पक्राउ गरेका छन् । धनगढी उपमहानगरपालिका–२ का २४ वर्षीया आयुषा बिष्ट र अछाम साफे बगर नगरपालिका–३ का २४ वर्षीय मुकेश कुँवर लागुऔषधसहित पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो। साथै उनीहरूको साथबाट सुदूरपश्चिम प्रदेश ०१००८ प ४६५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। त्यस्तै टीकापुर नगरपालिका–६ बेलुवाबाट पनि ४ ग्राम ८१० मिलिग्राम लागुऔषधसहित दुई जना सोमबार राति पक्राउ परेका छन्।
टीकापुर नगरपालिका–१ का २९ वर्षीय बिशाल ज्ञवाली र सोही स्थानका २६ वर्षीय रोशन सुनार लागुऔषधसहित पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो। त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–४ लक्ष्मीस्विट चोकबाट पनि लागूऔषधसहित थप दुई जना पक्राउ परेका छन्। ८ ग्राम ६० मिलिग्राम लागुऔषध सहित धनगढी उपमहानगरपालिका–१३ कैलालीगाँउका १८÷१८ वर्षीय दुई जना किशोर पक्राउ परेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार राति लागुऔषधसहित पक्राउ गरेको हो।दिनेशखबर
