
Unsku
pku
Pbu
Rgp
Rgp1
Ggp
Lnp
Sgr
Srbpu

Sls
Rgu
Rgu
Hal
Sbs
Pvg
Ssm
Asm
Bbu
Tsm
Ksm
Rsb
nsb
Wsp
Vor
Bbbpu
Rgs
Gst
Ggd

Rpp
bbt
Syp
Gsb
sab
Jmb
Abd
Bml
Rmb
Jmb
Pls
Mks
Ptm
ललितपुर । मगर संस्कृति संरक्षण सम्बन्धि ३ दिने अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
ललितपुर महानगरपालिका ४ नं. वडा कार्यालय जावलाखेलको आयोजना एवम् नेपाल मगर संघ जिल्ला समन्वय समिति ललितपुरको संयोजना तथा हाम्रो मगर समाज वडा नं. ४ को व्यवस्थापनमा सिद्धार्थ कटेज धोविघाटमा मगर संस्कृति संरक्षण सम्बन्धी ३ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मगर भाषा,संस्कृति एवम् मौलिक चाडपर्व,मगरहरुको परम्परात संस्कार पद्धती, मगर जातिको इतिहास लगायत विषयमा सहजकर्ताहरु क्रमशः पूर्वमन्त्री एवम् संस्कृतिविद बमकुमारी बुढा मगर,बौद्ध विश्वविद्यालयबाट बौद्ध परम्परा र मगर संस्कार विषयमा विद्यावारिधि गर्दै गर्नु भएका टि.बि. पुन मगर र मगर भाषा र संस्कृति विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नु भएका डा. विष्णु कुमार सिञ्जाली मगरले प्रस्तुति गर्नु भएको थियो।
त्यसैगरी नेपाल मगर संघका केन्द्रीय महासचिव तथा कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि टेकबहादुर नाम्जाली मगरले मगरहरुमा एकताको खाँचो रहेको र त्यसका लागि हामीले नयाँ रणनीति बनाउनु जरुरी रहेको बताउनु भयो । साथै उहाँले विविधता र अनेकतामा अल्मलिएको मगर समुदायको आफ्नै मौलिक संस्कृति रहेको र यसको जगेर्ना गर्नका लागि मगर समुदाय बीच एकता हुनु आवश्यक भएको बताउनु भयो ।
यस्तै ललितपुर महानगरपालिका ४ नं. वडा समितिका वडाध्यक्ष एवम् समापन समारोहका सभाध्यक्ष श्री सन्तोष खड्काले अमुर्त संस्कृतिहरुको जगेर्ना गर्ने कार्यक्रम अन्तर्गत हामी मगर समुदायको लागि यो एउटा सानो प्रयास गरेको जानकारी दिनु भयो । साथै आगामी दिनमा नेपाल मगर संघसँग सहकार्य गरेर मगर समुदायको लागि भाषा प्रशिक्षण सञ्चालन गर्ने योजना रहेको समेत खड्काले बताउनु भयो । सम्वत २०८० असार १ देखि ३ गतेसम्म ३ दिन चलेको कार्यक्रममा ७७ जना सहभागी भएका थिए ।
त्यस्तै कार्यक्रममा ललितपुर महानगरपालिका
४ नं. वडा समितिका वडा अध्यक्ष श्री सन्तोष खड्का,वडा सदस्य सुनिल कुमार रानामगर, वडा सदस्य श्री श्रद्धा थापामगर लगायत पदाधिकारीहरुकाे उपस्थिति रहेको थियोे ।

