
Rgp1
Srbpu
Sgr
sbs
Ggp
Gfs
Pbu
Djs
pku
cjs
Lnp
Unsku
Pes
Rgp

Sbs
Vor
Ggd
Sls
Ksm
Rgs
Asm
Bbu
nsb
Pvg
Rgu
Bbbpu
Rsb
Rgu
Hal
Tsm
Wsp
Ssm
Gst

Syp
Bml
Gsb
Abd
Ptm
bbt
Pls
Rpp
Mks
Jmb
sab
Rmb
Jmb
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौँले शुक्रबार पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ।
शुक्रबार सरकारी वकिलको जवाफी बहस सकिएपछि जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। टंक गुरुङ र लक्ष्मी महर्जन दुईजना भने धरौटीमा रिहा भएका छन्। टंक गुरुङलाई १० लाख रुपैयाँ र महर्जनलाई ५ लाख धरौटीमा रिहा गरिएको हो।
पक्राउ परेका १८ जना प्रतिवादी पक्षका कानुन व्यवसायीले गरेको बहस बिहीबार सकिएका कारण शुक्रबार (आज) सो प्रकरणमा सरकारी वकिलले जवाफी बहस गरेका थिए । आदेश आउने भएसँगै जवाफी वहस सकिएपछि नै जिल्ला अदालत काठमाडौँ वरपर सुरक्षा व्यवस्था कडा पारिएको थियो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भन्दै ठगी कार्यमा संलग्न रहेको अभियोगमा पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपसहित १८ जना पक्राउ परेका थिए । संगठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख रुपैयाँ बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा गत जेठ १० गते ३० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।
यस्तै यसमध्ये १८ जना पक्राउ परे पनि १२ जना अझै फरार रहेका छन्। उनीहरू भने अदालतमा उपस्थित भएपछि मात्रै बयान र थुनछेक बहस हुनेछ।देशसञ्चार
